राम दहित,,
कैलाली:= सांसद रेशम चौधरी लगायत कैलाली करागारमा रहेको राजबनदीहरुलाई जेलमुक्त गर्न थारु कल्याणकारिणी सभा कैलाली र थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली जोडदार माग गरेको छ ।
थारु कल्याण कारिणी सभा कैलालीका कार्यबाहक अध्यक्ष माधव चौधरी र थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका कार्यबाहक संयोजक कृष्णकुमार चौधरी विज्ञप्ती जारी गर्दै रिहा गर्न जोडदार माग गरेका हुन् । ‘टीकापुर घटनालाई सरकारले राजनीतिक मुद्धा ठहर गरी टीकापुर मुद्धामा आरोपित गरिएका सांसद रेशम चौधरी लगायत राजबन्दीमाथिको झुठा मुद्धा फिर्ता गरि ससम्मान जेलमुक्त गर्न जोडदार माग गर्दछौ विज्ञप्तीमा उल्लेख छ ।’
टीकापुर घटना संविधान निर्माणका अधिकार प्राप्तीका लागि आन्दोलन भएकोले नेपाल सरकारले राजनीतिक मुद्धा ठहर गरि राजवन्दीहरुलाई ससम्मान जेलमुक्त गर्न माग गरेका हुन् ।
साथै सांसद रेशम चौधरीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको स्वागत योग्य रहेको भन्दै ढिलै भए पनि कैलाली क्षेत्र नं. १ का जनताका मतको कदर भएको र सरकारले आफ्नो दायित्व पुरा गरेको महशुस भएको पनि विज्ञप्तीमो उल्लेख छ ।
त्यस्तै सपथ ग्रहण लगत्तै राज्यले पुनः सांसद चौधरीलाई जेल भित्र पठाउने कार्यले दुःखी बनाएको समेत विज्ञप्तीमा लेखिएको छ । भने राज्यको पहिलो सकारात्मक कदमको लागि नेपाल सरकार प्रतिनिधि सभाका सभामुख र संसद सचिवालयलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै टीकापुर मुद्धा राजनीतिक रुपमा समाधान हुने कुरामा आशावादी रहेको समेत जारी विज्ञप्तीमा उल्लेख रहेको छ ।