हेटौंडामा पहिलोपटक थारु माघी महोत्सव आयोजना हुँदै/सहभागी हुन आग्रह

Wednesday, 2 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
हेटौंडा:= थारू समुदायको नयाँ वर्षको अवसरमा माघ १ गते हेटौंडामा पहिलो पल्ट माघी महोत्सव हुने भएको छ।
दुई दिन सम्म चल्ने महोत्सवको हेटौंडा उपमहानगरपालिका मेयर हरि बहादुर महतले उद्घाटन गर्ने महोत्सवको आयोजकले जानकारी दिए।
थारु कल्याणकारिणी सभा लगायत मकवानपुरमा कृयाशिल थारु संघसस्थाको सहकार्यमा माघी महोत्सव २०७५ गर्न लागेको आयोजक संस्थाले जनाएको छ ।
थारु कल्याणकारिणी सभाको पहलमा  बसेको थारु अगुवाहरुको भेलाले एक दिने महोत्सव आयोजना गर्ने निश्कर्ष निकालेको थियो । कार्यक्रम हेटौंडाको बासुदेब सभाहलमा हुने भएको छ ।
महोत्सवको पहिलो दिन थारु सांस्कृतिक कार्यक्रम र
झाकी सहितको र्‍याली निकाल्ने भएको छ ।
महोत्सवमा थारु संग सम्बबन्धि स्टलहरु  राखिने छन् ।
स्टलमा थारु हस्तकला, थारुका विभिन्न खानाका परिकार, थारु पत्रपत्रिका तथा पुस्तक, थारु समुदायको महिला र पुरुषले लगाउने विभिन्न पहिरनका सामग्री राखिने छन् । यसैगरी, थारु परिकारमा ढिक्री, अनदीको भात, लाया, घोँघी, माछा, सिपी, गँगटा, सिध्रा तथा जाँड राखिने  समितिका सदस्य चौधरीले बताउनुभयो ।
२० रुपैयाँको प्रवेश शुल्क लगाइएको महोत्सवमा करिब २० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।
कैलाली, दाङ, कञ्चनपुर, बाँके, बर्दियालगायत थारु बाहुल्य जिल्लामा माघी पर्व धुमधामसँग मनाउने गरिन्छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu