आर एन चौधरी थारु,,
मलेसिया := नेपाली कलाकार तथा समाजसेवी फुर्बा दोर्जे मोक्तान तामाङको नयाँ म्युजिक भिडियो अङ्ग्रेजी नयाँ वर्ष २०१९ को उपलक्ष्यमा युट्युबमा सार्वजनिक भएको छ।
नयाँ वर्षलाई पछ्याउदै नेपाली ताराका विजेता सन्तोष लामाको स्वरमा र रोशन भट्टराईको शब्द रहेको " बिर्सन सक्दिन म " नामक यस् गितमा होनहार गायक तथा संगीतकार न्ह्यु बज्रचार्यले संगीत भरेको छ।
आखाँमा तिम्रो तस्बीर,मुटुमा तिम्रै सम्झना बोलको गित संगै सन्तोष लामाको एल्वम अक्षतामा समाबेश गरिएको तेस्रो म्युजिक भिडियो हो बिर्सन सक्दिन म ।
भिडियोमा प्रवासमा रहेर पनि कलाकारिता क्षेत्रमा कृयाशील दर्जनौ म्युजिक भिडियो र फिल्ममा समेत अभिनय गरिसक्नु भएका समाजसेवी,नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष फुर्बा दोर्जे मोक्तान तामाङ आफैले साबित्र थिङ तामाङ संगै मनमोहक अभिनय गरेको छ।
नेपालबाटै सुटिङ टिमलाई निम्त्याई मलेसियाको विभिन्न रमणीय,प्रर्यटकीय ठाउँहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा सुन्दर लावतीको निर्देशन रहेको यस् भिडियोको छायांकन ,ड्रोन क्यामरामा अमिर माबो र सम्पादन बिकास धमलाको रहेको छ ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस :-
Home
News
Photos
Videos
नयाँ बर्ष २०१९ को अवसरमा कलाकार फुर्वा दोर्जेको नयाँ म्युजिक भिडियो युट्युबमा सार्वजनिक


