दाङ := ५ नम्बर प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ । मंगलबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले माघी पर्व (माघे संक्रान्ति) को अवसरमा माघ १ र २ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश ५ मगर र थारु जातिको बाहुल्यता रहेकोले प्रदेश सरकारले माघे संक्रान्तीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए । माघीकै अवसरमा पुस ३० गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुभकामना आदान–प्रदान तथा जलपान कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।
देशैभरी भने माघिको दिन एक दिन मात्रै सार्वजनिक बिदा हुनेछ्न।