आर एन चौधरी थारु,,
मलेसिया:= मञ्जुश्री संवत २८५४, औं सोनाम ल्होछार (खि) नागी ल्हो लाई बिदाई गर्दै २८५५,औं सोनाम ल्होछार (फाग) ल्हो सुंगुर ल्हो लाई पछ्याउदै तामाङ जातीको महान पर्व सोनाम ल्होछार तामाङ समाज मलेसिया,नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया र तामाङ समाज क्षेत्रीय समिती पेनाङको संयुक्त आयोजनामा भब्यताका साथ मनाउने भएको छ ।
कार्यक्रममा नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकारहरु गायक तथा संगीतकार संजीव वाईबा तामाङ,नेपाली तारा गायक सुरेश स्याङ्बो तामाङ,गायक तथा संगीतकार प्रयास दोङ तामाङ,नायिका सुष्मा मोक्तान तामाङ गायिका सुजना रुम्बा तामाङ साथमा म्हेन्दोमाया बरिष्ट गायिका, संगीतकार तथा रचनाकार मिना थोकर तामाङको बेजोड प्रस्तुतिको साथमा आउदो फेब्रुअरी ५ तारिखको दिन मलेसियाको मुख्य शहर क्वालालम्पुर स्थित एरेना स्टार होटलमा कार्यक्रम आयोजना गर्न लागेको साथै स्थानिय कलाकारहरुको पनि विशेष प्रस्तुती रहने आयोजक समितीले बताए ।
मलेसियामा रहेका तामाङ हरु एक हुनु पर्छ,
हाम्रो हृम,ठिम हामी आफैले सजाउनु पर्छ,
यो हाम्रो कर्तव्य लाई हामीले पालना गर्नै पर्छ,
ल्होछार हाम्रो चाड हो भनेर दुनियाँसामु चिनाउनै पर्छ,
जहाँ हामी एक हुन्छ त्यहाँ समस्याको समाधान हुनै पर्छ
अनि मात्र जहाँ तामाङ त्यहाँ तामाङको चिनारी हुन्छ र हुनै पर्दछ भन्दै सम्पुर्ण तामाङहरु एक हौ....हाम्रो भाषा ,धर्म ,सस्कृती लाई जगेर्ना गरौ भन्ने मुल नाराको साथ तामाङ समुदायको महान चाड मन्जुश्री सम्वत २८५५औ (फाग) ल्हो-सुंगुर वर्ग सोनाम ल्होछार मनाउन लागेको आयोजक समितिले जानकारी दिएको छ ।
बिगत १५ बर्ष देखि निरन्तर मलेसियामा कार्यरत तामाङहरु एकजुट भएर स्वदेशमा मात्रै नभैई बिदेशमा पनि हामी एक हौं भन्ने विश्व सामु एकताको संदेश छर्न संयुक्त रुपमा ल्होछार मनाउन लागेको हो।
कार्यक्रम लाई सब्य र भब्य रुपमा सम्पन्न गराउन मलेसियामा रहनु भएका सम्पुर्ण तामाङ समुदाय लगायत तमाम नेपालि दाजुभाई तथा दिदी बहिनीहरु लाई कार्यक्रममा उपस्थिति भै नेपाल देखि आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथमा भरपुर मनोरञ्जन लिनको निमित्त आयोजक समिती द्वारा हार्दिक निमन्त्रणा गरिएको छ ।



