हमार सनेश सहकर्मी ,,
बर्दिया :=बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नं.–४, मैनापोखरमा श्री हिमशिखर कृषि सहकारीमा झोला उद्योग स्थापना भइ संचालनमा आएकोछ ।
गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाज बर्दियाको आयोजनामा बिपन्न बर्गका सहकारीमा आबद्ध भएका जम्मा १० जना महिला सदस्यहरुलाई झोला बनाउने तालिमकोलागि सहयोग गरेको थियो । र हाल वहाँहरुले आफ्नै सहकारीमा शिखर झोला उद्योग संचालन गरेर स्वरोजगार भइ काम गरिरहेका छन् ।
गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाज मार्फत उक्त सहकारीले रु.९,३५,२९५ सहयोग प्राप्त गरी सिलाई मेसिन, झोला बनाउने कपडा, फर्निचर लगायत अन्य ब्यबस्थापन गरी साथै आफ्नो सहकारीबाट लगानी गरेर उद्योग संचालन भएकोले सहकारीका शेयर सदस्यहरु खुशी भएका छन् ।