हमार सनेश सहकर्मी ,,
काठमाडौं:= नेपालमै केहि व्यबसाय गर्न चाहाने वैदेशिक रोजगारबाट फर्किएका युवाहरुले स्वदेशमै केहि गर्छु भनेर पासपोर्ट थन्काएमा उनीहरुलाई सरकारले सहज रुपमा कर्जा उपलब्ध गराउनुपर्ने एनआरएनए मलेसियाका कार्यकारी महासचिव सुन्दर आलेले बताएका छन् । मंगलबार मलेसिया रिटर्नी समाज नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव आलेले सो कुरा बताएका हुन्।
आलेले सरकारले सीप परीक्षण गरेर मात्र युवाहरुलाई कर्जा उपलब्ध गराउने योजना ल्याएको कुरालाई खण्डन गर्दैे वैदेशिक रोजगारमा गएर कुनै न कुनै काम गरेर विदेशको पीडा भोगेर आएका नेपाली युवाहरुका लागि कुनै विशेष सीपको आबस्यकता नै नपर्ने बताए।
उनले भने, ‘मलेसियाबाट काम गरेर फर्किएको कुनै युवाले पासर्पोट पछारेर म नेपालमै केहि काम गर्न चाहान्छु भन्यो भने सरकारले उसलाई बेवास्ता गर्न हुँदैन, जसरी भएपनि सहुलीयत कर्जा उपलब्ध गराइ स्वदेशमै श्रममैत्री वातावरण सिर्जना गराउन प्रेरित गर्नुपर्छ। ’
युवाहरु विदेशबाट फर्किएर स्वदेशमै केहि गर्छु भन्ने भावना आयो भने उनीहरुलाई कर्जा उपलब्ध गराउन कन्जुस्याइँ गर्न नहुने उनको भनाइ थियो।
