सोनाहा विकास समाज बर्दियाको बार्षिक साधारण सभा सम्पन्न ।

Thursday, 14 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}






बर्दिया:= राजापुर नगरपालिका—१, अवस्थित गैर नाफामुखी गैर सरकारी संस्था सोनाहा विकास समाज बर्दियाको तेश्रो बार्षिक साधारण सभा २०७५ सम्पन्न भएको छ । साधारण सभाको सभाअध्यक्ष श्री शान्ती सोनाहा, प्रमुख अतिथी श्री राजापुर नगरपालिका १ नं वडा का अध्यक्ष श्री खुशीराम थारु, विशिष्ट अतिथी श्री कारु सोनाहा आतिथ्यमा सभा सम्पन्न भएको छ ।

साधारण सभामा सोनाहा विकास समाजले गुड नेवर्स इन्टर नेशनल नेपालको साझेदारीमा बर्दिया क्षेत्र विकास परियोजना अन्तर्गतबाट आ.व. २०७४÷७५ को रु ३३१८२६४७ को आय ब्यय प्रस्तुतीकरण संस्थाका कोषाध्यक्ष श्री चित्रा सोनाहा ज्युले गर्नु भयो । 

उक्त साधारण सभामा सोनाहा विकासको सन् २०१८ को कार्यक्रमहरुको प्रगति प्रतिबेदन तथा अगामी २०१९ को प्रस्ताबित कार्यक्रमहरु परियोजनाको संयोजक श्री रत्न लाल के.सी. ज्युबाट प्रस्तुतीकरण गरिएको थियो । साथै संस्थाको दिगो विकासकोलागि केही कार्ययोजनाहरु बारे छलफल भएको छ ।


गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग सन् २०१२ देखि  पाताभार सामुदायिक विकासबाट लोप उन्मुख सोनाहा जातीको आर्थिक विकास तथा जिविकोपार्जनकोलागि बंगुर पालन कार्यक्रमको लागि आर्थिक तथा प्राबिधिक सहयोगमा सन् २०१५ साल सम्म भएको थियो , भने सन् २०१६ साल देखि हाल सम्म निरन्तर रुपमा  बर्दिया क्षेत्रिय विकास परियोजनाको लागि साझेदारी संस्थाको रुपमा सोनाहा विकास समाजलाई शिक्षा, स्वास्थ्य, तथा आयआर्जनको क्षेत्रमा विकासका लागि निरन्तर आर्थिक तथा प्राबिधिक सहयोग गर्दै आएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu