बोक्सी आरोपमा कुटिइएकी राधा चौधरी बिप्लव नेतृत्वको नेकपामा प्रवेश

Monday, 4 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

जानकी दहित,,

 

कैलाली

डेढ वर्ष अगाडि बोक्सीको आरोपमा भोले बाबा भनिने रामबहादुर चाैधरीबाट कुटाइ खाएकी कैलालीकी राधा चौधरीले अन्ततः अन्यायका विरुद्धको आन्दोलनमा सहभागी हुने साहसिक निर्णय लिएकी छिन् । बोक्सीको आरोप लागेपछि भोलेबाबा नामको स्थानीय व्यक्तिले सार्वजनिक ठाउँमा निर्घात कुटपिट गर्दा पनि अन्धविश्वासका कारण गाउँलेहरू नै रमिते बनेर बसेको क्षण सम्झेर भक्कानिएकी राधा चौधरी पुरानो संरचनामा बनेको व्यवस्था र न्यायालयबाट आफूले न्याय नपाएपछि सर्वहारा, शोषितपीडित वर्गका पक्षमा लडिरहेको विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले न्याय दिने भन्दै नेकपामा प्रवेश गरेकी छिन् ।
कैलालीमा शनिबार आयोजीत कार्यक्रममा विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेकी चौधरीले भनिन्, ‘म गरिब घरकी चेली भएकाले मलाई दुव्र्यवहार गरी अवहेलना गरिएको हो । म बोक्सी होइन । मेरो गाउँमा प्रायः पढेलेखेका शिक्षित मात्र छन् तर पनि मलाई बचाऊ भन्दै रोइकराइ गर्दा पनि कसैले साथ दिएनन् । म निर्घात रूपमा कुटिँदा पनि कसैले केही बोलेनन् । मेरो परिवारको साढे एक बिघा जमिन थियो । त्यो पनि नदीले कटान गरी लग्यो । आज हामीसँग १ कट्ठा घरबास मात्र छ । गरिबीको दलदलमा फसेको अन्धविश्वासी समाजले मलाई हेप्यो र यसप्रकारको अमानवीय दुव्र्यवहार ग¥यो । आज मलाई न्याय दिने र मजस्तै हजारौँ गरिब–दुःखीहरूका पक्षमा लड्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी भेटेकी छु । मलाई न्यायका लागि यो पार्टीले पहल ग¥यो । म विप्लव नेतृत्वको यो पार्टीलाई लालसलाम तथा धन्यवाद टक्र्याउँछु ।’
नेकपाले सञ्चालन गरको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको सिलसिलामा नेकपामा प्रवेश गर्दैगर्दा  पुरानाे रूढिवादी अन्धविश्वासी समाजकाे अवस्था देखेर भक्कानिएकी राधा चौधरीले रूढिवादी परम्परा र अन्धविश्वासका विरुद्ध लड्ने धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘नेपाल कम्युनिस्ट पार्टीले मलाई साथ देओस् । म क्रान्तिकारी भएर बाँच्न चाहन्छु । त्यसपछि म र मजस्ता असहायमाथि यस्ता हर्कत गर्न खोज्नेले हजारपटक सोच्नुपर्छ।’

राधा चौधरीलाई पार्टी प्रवेश गराउदै नेकपाका केन्द्रीय सदस्य हिमाल

नेपाल कम्युनिस्ट पार्टी कैलालीद्वारा सञ्चालित सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ को घोडाघोडी नगरपालिका वडा नं ५ सररहियामा आयोजीत एक जनभेला मार्फत पार्टीप्रवेश गर्नेसमयमा राधाले यस्तो बताएकी हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य हिमालले देश र जनताको रक्षा गर्न नसक्ने दलाल सरकारले निहत्था–निर्दोष जनताले अधिकार माग्दा छातीमा गोली बर्साएको बताए । उनले भने –‘ कम्युनिस्ट नामका यस्ता नालायकहरूको सरकारले जनताको हितमा कहिल्यै काम गर्न सक्दैन ।’ कार्यक्रममा बोक्सीको आरोपका कुटिएकी राधा चौधरीसहित माओवादी केन्द्र परित्याग गरी पतिराम चौधरी, किरण चौधरीसहित १३ जना नेकपामा प्रवेश गरेका थिए ।
उक्त कार्यक्रमकै अवसरमा पार्टी प्रवेशी र सहिद परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जनसकार प्रमुख करनले देशमा दुईवटा सत्ता सञ्चालन भएकाले जनताको सरकार र जनअदालतले समग्र जनताको मुक्ति, न्याय–निसाफ दिने बताए । उनले अन्यायपूर्ण तरिकाले लादिएको कर दलाल पुँजीवादी सरकारलाई नतिर्न आग्रहसमेत गरे । नेकपाका एरिया इन्चार्ज धर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रभासले गरेका थिए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu