नवमी थारुको ब्लक र टिनले बनेको घर डोजर लगाएर भत्काइ/न्याय पाउन कहाँ जाने ?

Sunday, 3 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
बुटवल:=विवादित जग्गामा बनेको घर बुटवल उपमहानगरपालिका र प्रहरीको सहयोगमा भत्काइएको छ । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा नै बुटवल उपमहानगरपालिका वडा नं. १७ रानीगन्जस्थित नवमी थारुको ब्लक र टिनले बनेको घर डोजर लगाएर भत्काइएको हो ।
घर भत्काइनुु तीन दिनअघि नेकपा मजदुर नेता कुमार थापाले आफ्नी बहिनीको जग्गामा घर बनाएकाले खाली गराइपाउँ भनी बुटवल उपमहानगरपालिकामा निवेदन दिएको नवमी थारुले बताइन् ।आफ्ना बाबु घुराही थारुले मोहियानी हकवापत पाएको जग्गा आफ्नो हक लाग्ने नवमीको दावी छ । स्थानीय केही व्यक्तिले जालसाजी र कीर्ते गरेर आफ्नो बुबाको जग्गा अरुलाई नै बेचेको थाहा पाएपछि आफू अदालत गएको थारुले बताइन् ।
अदालतमा मुद्दा चलेको अवस्थामा घर भत्काइएपछि थारुले पत्रकार सम्मेलन गर्दै न्यायका लागि अपील गरेकी छन् । ‘मेरो बुबाले मोहियानी हक वापत पाएको र आफू वर्षौंदेखि बस्दै आएको जग्गा कसरी अरुको नाममा भयो ?’ थारुले भनिन् ‘हामीलाई सोझो देखेर केही गर्न सक्दैन भनेर पैसाको बलमा यो सबै भएको हो, हाम्रो पक्षमा कसले बोलिदिने ?’कीर्ते गरेर जग्गा बेचेका व्यक्तिहरुले आफ्नो घर पटक पटक भत्काइदिने गरेको उनको गुनासो छ । दाजुभाइ नभएका कारण विवाह पश्चात पनि नवमी माइतीमै बस्दै आएकी थिइन् ।
तत्कालीन जमिन्दार विक्रम शाहबाट मोहियानी हकवापत धुराही थारुले प्राप्त गरेको ३ विघा ८ कठ्ठा जग्गा उनको मृत्युपछि स्थानीय चिन्तामणि पाण्डे, हरिलाल न्यौपाने, ढुण्डीराज भण्डारीलगायतका जग्गा कारोबारीले हडपेको नवमीको आरोप छ ।नवमीले आफ्नो बाबुको जग्गामा बस्न अवरोध गरेको, धाक धम्की र मानसिक यातना दिने गरेको भन्दै जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेकी छन् ।स्थानीय ७५ वर्षका कल्लु थारुले घर भत्काइएको जग्गा घुरही थारुले मोहियानी हक वापत पाएको जग्गा भएको बताए । घुरहीको घरमा ५ वर्षसम्म हरुवा बसेर उक्त जग्गामा आफूले पनि जोतभोग गरेको कल्लुले बताए ।
घर–टहरा भत्काइदिने विरुद्ध कानुनी कारबाही र क्षतिपुर्तिका लागि आफूहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए पनि सुनुवाई नभएको नवमीले बताइन् । ‘हामी गरीबको कुरा कसैले सुन्दैनन, उनीहरुले पैसामा सबैलाई किनेका छन्’ नवमीको गुनासो छ– ‘हामी जस्ताले कहाँबाट न्याय पाउने हो ?’गत मंसिर २० गते पनि नवमीको जग्गामा बनेका एकदर्जन छाप्रा बुटवल उपमहानगरपालिकाबाट गएको नगर प्रहरीले भत्काइदिएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu