आर एन चौधरी थारु,,
कैलाली := गायन क्षेत्रमा एकदमै नयाँ अनुहार ! गायक हरि कुशुम्या भाबुक दर्शक माझ दुई वटा नयाँ नयाँ डान्स,र्याप भर्सनको थारु अडियो गित लिएर आएको छ।
गेरुवा गाउँपालिका वडा न:६ बाजपुर बर्दिया निवासी हरी कुशुम्या केही समय अगाडि मात्रै वैदेशिक रोजगारीबाट स्वदेश फर्केका थिए ।
साहित्य,गित लेखनमा औधी रुचि राख्ने कुशुम्या स्वदेश (नेपाल) फर्के लगतै आफ्नै लेखनमा तयार पारेका लगातार दुई वटा थारु गित रिकर्डिङ गराएको छ।
( माथिको लिङ्कमा क्लिक गरि अडियो गित सुन्नुहोस् )
हरी कुशुम्या भावुक र प्रिज्मा जोगेठवाको मधुर स्वरमा सजिइएको " ओ माई डार्लिङ वेट करोना र हेलो बसन्ती नामक गितको अडियो आर.केसी.डिजिटलको युट्युब च्यानल मार्फत रिलिज गरिइएको हो।
हरी कुशुम्या भावुक र प्रिज्मा जोगेठवाको मधुर स्वरमा सजिइएको " ओ माई डार्लिङ वेट करोना र हेलो बसन्ती नामक गितको अडियो आर.केसी.डिजिटलको युट्युब च्यानल मार्फत रिलिज गरिइएको हो।
कुशुम्या आफैंले लगानी गरेको यस् गितहरुको म्युजिक भिडियो पनि चाडैं नै दर्शकहरु माझ ल्याने तयारी गरिरहेको उहाँसंगको कुराकानीमा खुलाए ।
पहिला बिदेशमै बस्दा पनि बहुचर्चित हिरडा एल्बममा समाबेश गरिइएको " हाई हाई मोर छलमलकि , चुप्पेसे दिलमे हलचल मचुया ,मैगर मैयासे सितर लगुया " नामक एउटा गितमा हरि कुसुम्या भाबुककै शब्द रहेको थियो जुन गितले लाखौ दर्शकको मन जित्न सफल समेत भएको थियो भने साहित्यको कुरा गर्दा एउटा संयुक्त मुक्तक संङ्र्ग्रह निकालेका छन जुन रहेको छ, "बहल याद" ।
[तलको लिङ्कमा क्लिक गरि गित सुन्नुहोस्]