लुट मात्रै हैन नेपालमा ब्रम्हा लुट छ पशुपति !

Saturday 23 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
लेखक:- अटल सेनेहाङ लिम्बु ,,
लुट मात्रै हैन नेपालमा ब्रम्हा लुट छ पशुपति ।।
भष्टचारी जेलबाट केही लाखमै छुटछ पशुपति ।।

नेतालाई मन्त्री कर्मचारीलाई ठुलै पद बढुवा ।
कुन पद कमाउने उतै कुटा-कुट छ पशुपति ।।

मालपोत देखि एयरपोर्ट पुलिस र अख्तियार  ।
सर्बत्र अपराधि भष्टचारी गुटा-गुट छ पशुपति ।।

बाहिर बोल्छन भित्र छोप्छन नेता यस्तै गर्छन ।
सत्ता कुर्सी पाउन पार्टी फुटा-फुट छ पशुपति ।।

दासढुङ्गा लगि हुर्याईए दरबार भित्रै सिध्याईए ।
तेसैले गाडि हेलिकप्टर जुटा-जुट छ पशुपति ।।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu