थारूहरुको होली मिलन कार्यक्रममा राणा थारु पहिरणमा बेहुलीझै सिँँगारीए मन्त्री बिना मगर ।

Tuesday, 26 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:= खानेपानी मन्‍त्री बिना मगर बेला बेला आफ्नो गृहजिल्ला जाने गर्छिन। खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेपछि केही व्यस्त रहेकी उनी आफ्नो क्षेत्रका जनता र मतदातासँग समयमिल्नेसम्म भेटघाटका लागि पुग्ने गरेकी छने ।गृह जिल्ला कञ्चनपुरमा स्थानीयले आयोजना गर्ने कार्यक्रममा प्राय: उनी छुट्दिनन् ।

पछिल्लो समय सोमबार उनी कञ्चनपुरको लालझाडी गाउँ पालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन पुगिन । थारु पहिरनमा बेलुली झै सिँगारिएकी खानेपानी मन्त्री बिना मगरले नै कार्यक्रमको प्रमुख आकर्षण बनिन। खानेपानी मन्त्रीको यो पहिरनमा राना थारुहरुको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो ।
अल्पसंख्यक राना थारू समुदायको कला संस्कृति र भेषभुषाको जगेर्ना गर्न आफुले यो पहिरन लगाएको मन्त्री मगरले बताइन् । देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो । कार्यक्रम होली मिलन समारोहमा सहभागी भएपछि खानेपानी मन्त्री मगरले राना थारु होम स्टे र उधान ( गार्डेन ) को शिलान्यास गरिन्।
कला संस्कृतिको मात्रै जगेर्ना नभई होम स्टेबाट स्थानीय समुदायको आय आर्जन पनि वृद्धि हुने मन्त्री मगरको भनाइ छ । उनले कञ्चनपुरको विकासका लागि आफूले सक्दो प्रयास गरिरहेको बताइन्। बाटो घाटो, पुल पुलेसा तथा खानेपानी लगायत पूर्वाधारको संर चना विकासका लागि आफूले काम गरिरहेको उनको भनाई छ।
(source:-sidhakura nepal)
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu