कपिलवस्तुमा एक महिने मन्टेश्वरी तालिम शुरु ।

Tuesday, 26 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= वालवालिकाहरुलाई पढाउन सहज होस भन्ने उद्देश्यले एक महिने आधारभुत मन्टेश्वरी तालिम शुरु भएको छ । 
कपिलवस्तुको शिवराज–५्र, चन्द्रौटामा रहेको वालसंसार शैक्षिक प्रतिष्ठान मन्तेश्वरीको आयोजनामा शुरु भएको तालिममा वालवालिकाहरुलाई प्रयोगात्मक तवरवाट पठनपाठन गर्न सहज र सरल तरिकाले वुझाउन सक्ने वारेमा तालिम प्रदान गरिने प्राधानाध्यापक विष्णु प्रसाद पौडेलले बताउनुभयो ।

     तालिमको शुभारम्भ गर्दै शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पुर्ण बहादुर विकले तालिम पश्चात वालवालिकाहरुलाई पढाउने तरिकामा प्रभावकारी हुने बताउनुभयो । स्नेहाका साथ मनोरञ्जन प्रदान गर्दै पढाउन सकेमा वालवालिकाहरुको छिटो सिकाइमा निकै राम्रो हुने उहाँले बताउनुभयो । हाम्रो समाजमा वालबालिकाहरुको पढाईको तल्लोतहमा लगानी नगर्ने तर माथिल्लो तहमा गएपछि जति पनि लगानी गर्न तयार रहने भएको जग कमजोर रहने बताउँदै तालिममा सिकेका कुराहरुलाई वालवालिकाहरुको व्यबहारमा ल्याउन सहभागीहरुलाई शिक्षा शाखा प्रमुख विकले आग्राह गर्नुभयो ।


     कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले वालवालिकाको पढाईमा लापरवार्ही गर्न नहुने बताउभयो । असल शिक्षकमा हुनुपर्ने गुणहरु भए मात्रै शिक्षामा गुणस्तर हुने पोख्रेलले बताउँदै तालिम पश्चात यस क्षेत्रमा रहेका मन्टेश्वरीमा शिक्षाको ग्णस्तरीय वृद्धीमा विकास हुने समेत विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।

      उक्त मन्तेश्वरीले २५ जना वालवालिकाहरुलाई जम्मा गरेर संचालन गरेको हाल सम्म १ सय ५० भन्दा वढी वालवालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गरेको भन्दै मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडाले प्रंशसा गर्नुभयो ।

     लामो समय देखि शिक्षामा अनुभव रहेका मन्तेश्वरीका प्रध्यानाध्यापक विष्णु प्रसाद पौडेलको अध्यापनले विद्यार्थीहरुको आकर्षण बढेको खतिवडाले दावी गर्दै सोही मन्तेश्वरीका सल्लाहकार संयोजक समेत रहनुभएका खतिवडाले मन्टेश्वरी कक्षामा गुणस्तरीय र सहज ढङगवाट पठनपाठन गराउन तालिम संचालन गरेका बताउनुभयो । र साथै शुरुमा ८ जना सहभागी रहेको उक्त तालिमको सहजीकरण दिप्ती रानाले गर्नुहुने आयोजकले बताएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu