बुटवल:= नेपाल आदिवासी जनजातिका अगुवाहरुले प्रदेश नम्बर–५, को नामाकरण थरुहट–मगरात हुनु पर्ने माग गरेका छन् ।
विहीबार नेपाल आदिवासी महासंघ प्रदेश समन्वय परिषद्ले बुटवलमा आयोजना गरेको वृहत आमसभालाई सम्बोधन गर्दै उनीहरुले प्रदेश–५ लाई थरुहट–मगरात प्रदेश नामाकरण नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन ।

बृतह आमसभालाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोक्का मगरले भने, ‘ यो तराईको भूमि मगरात–थाहरुहरुको भूमि हो । त्यसैले यही पहिचानको आधारमा प्रदेश–५को नामाकरण हुनुपर्छ ।’
उनले नेपाललका राजनीतिक दल र शासकहरुले आदिवासी जनजातिहरुको पहिचानलाई विखण्डन पारेर मेटाउने काम गरेकाले यसलाई जोगाउनु पर्ने अहिले आवश्यकता रहेको बताए । उनले भने, ‘ आदिवासीहरुको संस्कार र संस्कृतिलाई सरकारले कटौती गर्दै पहिचानलाई नामेट गर्ने कदम चालेको छ । अब यो सह्य हुँदैन । हाम्रो पहिचान प्रदेशमा हुनु अति आवश्यक छ ।’

यस्तै वृतहआमसभामा आदिवासी जनजाति, पश्चिम् नवलपरासीका अध्यक्ष देवराज चौधरीले थारुहरु सदियौदेखिको तराइको भूमिलाई जोगाएर राखेकाले प्रदेश–५को नामाकरण थारुहरुको पहिचान हुनेगरी राखिनु पर्ने बताए । उनले भने, ‘हामी तराईको भूमिलाई सदियौदेखि जोगाउँदै आयौ । तर सत्ताका शासकले कहिल्यै पनि हाम्रो मर्म र भावनालाई कदर गरेन । जहिल्यै अपहेलना, ओझेलमा र्पायो । हाम्रो नाम बेचेर खायो । अब हामी जागेका छौ आफ्नो पहिचान र प्रतिनिधित्व लिएर छाड्छौ ।’
यस्तै नेपाल आदिवासी महासंघका संघीय परिषद्का केन्द्रीय अध्यक्ष जगत बरालले अब आदिवासीहरुको पहिचान र संस्कार बिगार्ने गरी टुक्रा पारेको आरोप लगाए । उनले भने, ‘राज्य र सत्ताका शासकले मनमा जे–जे लाग्यो त्यही अनुकुल प्रदेश टुक्राए । मगर र थारुहरुको समन्वयलाई जथाभावी टुक्राइदिए । कुनै भाग ५ नम्बरमा राखिदियो । कुनै भाग ६ नम्बरमा राखिदियो ।’ उनले पहिचान प्रतिनिधित्व दिने जातीवादी सरकार र राज्यका शासकहरु भएको ठोकुवा गरे ।
उनले भने, ‘जथाभावी प्रदेशहरु टुक्र्याएर जातीवादी त सरकार र यो राज्य देखिएको छ । आदिवासी जनजातिहरु होइन । किनकी उनीहरुले नै जात अनुसार भाषा भेष बदल्न लगाए । एकल भाषा र भेष पहिरन बनाए । सयौ थरी फूलका आदिवासीहरुलाई पालुवामै निमोठे ।’ उनले जथाभाबी प्रदेश र देश टुक्राउने नेता र शासकहरुलाई यो भूमिमा टेक्न नदिने चेतावनी समेत दिए ।
बृहत आमसभामा थारु–मगरहरुले आआफ्नो भेषभूषासहित भाग लिएएका थिए ।

(देश सञ्चारबाट)