थाकस केन्द्र र थरुहट थारुवान संघर्ष समिती बिच मतभेद/सन्दर्भ :-बर्दियामा थारु नेताको भेट

Sunday, 31 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
बर्दिया := शनिबार देखि बर्दियामा शुरु भएको थरुहट आन्दोलनको भेलामा थारु नेताहरु बीच जम्काभेट भएका छन।
थारु कल्याणकारिणी सभाको जिल्ला सभापतिको नाममा आयोजना भएको भेलालाई थाकस केन्द्रले बहिष्कार गरिसकेको छ। आन्दोलनको कार्यक्रम तय गर्न बोलाइएको भेलाको नेत्रत्व थाकस केन्द्रले नपाएपछि थरुहट थारुवान संघर्ष समिति माथि नै प्रश्न उठन थालेको देखिन्छ । 
भेलाको नेतृत्व कसले गरिरहेको बारे थाकस केन्द्र नै अनबिज्ञ रहेको छ।

थाकस केन्द्रको उपस्थिति र समर्थन नरहेको थाकस जिल्ला सभापतिहरुको भेलामा कुन कुन थारु नेता आएका छन् त् ?




बर्दिया भेलामा उपस्थित नेताहरु जेल बाट भर्खर रिहाइ भएका लक्ष्मण थारु , दाङका थारु नेता सुरेन्द्र चौधरी , नयाँ शक्ति पार्टिका तर्फबाट कृष्ण कुमार चौधरी र सुरेश चौधरी , फोरम लोकतान्त्रिक हुदै नेपाली कांग्रेस प्रवेस गरेका पुर्व मन्त्रि गोपाल दहित र पुर्व राज्य मन्त्रि जनकराज चौधरी , पुर्व सांसद  योगेन्द्र चौधरी लगायतको रहेका छ्न। 

भेलामा उपस्थित अधिकास थारु नेताहरु थारु कल्याणकारिणी सभामा औपचारिक रुपमा आबद्ध छैन ।  
थाकस  केन्द्रले यस भेलालाई राजनीति आडमा गरिएको भनेर आरोप लगाउदै बहिष्कार गरेको थियो।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu