बाजुरा जिल्लामा खाद्य संकट ।

Saturday, 30 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
बाजुरा:= बाजुरामा समयमै ठेकेदारले चामल ढुवानी नगर्दा खाद्य सङ्कट भएको छ ।
जिल्लाको हिमाली गाउँपालिकामा खाद्य सङ्कट भएको हो । ठेकेदारले चामल ढुवानी गर्न असोजमा सम्झौता गरेको भए पनि अहिलेसम्म गाउँपालिकाको कवाडी डिपोमा चामल ढुवानी भएको छैन । चामल ढुवानी नहुँदा गाउँपालिकामा चरम खाद्य सङ्कट भएको वडा नं ५ का अध्यक्ष अम्मलाल कार्कीले बताउनुभयो ।

हिमाली–३ विच्छँ्याका चन्द्रबहादुर बुढथापाले भन्नुभयो, “गाउँबाट चामल किन्न आयौँे तर चामल नपाएपछि रित्तो हात घर फर्किन बाध्य भयौँ ।” बिच्छँ्यामा चार हजार जनसङ्ख्या रहेको छ । धेरैजसो घरमा खाद्य सङ्कट भएको उहाँले बताउनुभयो ।

त्यस्तै चामल ढुवानी नभएपछि वडा नं १, २ र ३ का बिच्छँया तथा ४ र ५ को रुगिनमा खाद्य सङ्कट भएको स्थानीयवासी बताउँछन् । वडा नं २ बिच्छँ्याकी जुनकला बुढाले चामल किन्न दुई दिन लगाएर कवाडी डिपोमा पुगेको तर त्यहाँ एक दाना पनि चामल नपाएपछि रितो हात फर्कनुपरेको दुखेसो पोख्नुभयो ।

कवाडी डिपोका लागि खाद्य संस्थान बाजुराले यो वर्ष मात्र छ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । सोहीअनुसार तीन ठेकेदारले असोजमा सम्झौता गरेका थिए तर, अहिलेसम्म एक हजार ५०० क्विन्टल मात्र पुगेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । तीन हजार क्विन्टल नन्द महतारा, दुई हजार क्विन्टल नरी थापा र एक हजार क्विन्टल बलबहादुर थापाले ढुवानी गर्ने सम्झौता गरेका थिए । कोल्टी खाद्य संस्थान डिपो, मार्तडी खाद्य संस्थान र धनगढीबाट एक/एक हजार क्विन्टल तथा सुर्खेतबाट तीन हजार क्विन्टल कवाडीमा ढुवानी गर्ने सम्झौता भएको थियो ।

चामल ढुवानी नगर्ने ठेकेदारलाई ताकेता गरिरहेको नेपाल खाद्य संस्थान बाजुरा शाखा प्रमुख मेखराज ओझाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पनि चामल अभाव भएको जानकारी भएलगत्तै खाद्य संस्थान र ठेकेदारलाई जानकारी गराएर चाँडै चामल पठाउने व्यवस्था गरेको उहाँले बताउनुभयो ।
हिमाली गाँउपालिका जिल्लाकै सबैभन्दा विकट गाउँपालिका हो । यो गाउँपालिका पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्छ ।(रासस)
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu