नेपालकै कान्छी उप-मेयर शिवकुमारी चौधरी राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त

Friday, 29 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सीताराम चौधरी/थारुवान,,
कपिलवस्तु:= नेपालकै कान्छी उपमेयर शिवकुमारी चौधरी(थारु) नेपाल सरकारको राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त भएकी छन् । नेपाल सरकारको मन्त्रिपरिषदको चैत ११ गतेको निर्णयानुसार चौधरीलाई राष्ट्रिय बिवकास परिषदको सदस्यमा नियुक्त गरिएको हो । राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४ को दफा ७ को उपदफा २(ञ) बमोजिम चौधरी (थारु) लाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको आयोगका सदस्य सचिव लक्ष्मण अर्यालद्वारा हस्तक्षरित पत्रमा उल्लेख छ ।
आगामी आर्थिक बर्ष २०७६–७७ देखि कार्यान्वयनमा ल्याउने गरी आयोगबाट तयार गरिएको पन्ध्रौं योजना २०७५–७६ देखि २०८०–८१ को राष्ट्रिय विकास परिषदमा छलफल गरी मार्ग तथा पृष्ठपोषण प्राप्त गर्न नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयले थारुलाई राष्ट्रिय विकास परिषद २०७५ को सदस्यमा नियुक्त गरिएको बताइएको छ । थारु कपिलवस्तुको शिवराज नगरपालिकाको उपमेयर हुनुहुन्छ । शिवराज नगरपालिकाको शिवराज नगरपालिका १, शिवपुर बस्ने थारु नेपालकै कान्छी उपमेयरमा पर्छन् । सदस्यमा नियुक्त भएसँगै आफूमा अझ हौसला थपिएको उपमेयर थारुले बताइन्। उपप्रमुख थारुले समृद्ध नगर बनाउन आफूले योजना अघि सार्ने प्रतिबद्धता जाहेर गरिन्।
उपमेयर थारु हालै नेदरल्याण्ड, डेनमार्क र स्वीडेनको भ्रमणबाट फर्किएकी छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उनी १४ दिने बैदेशिक भ्रमणमा गएकी थिइन्। त्यहाँको स्थानीय सरकारसँग विकास, सुशासन लगायतका सबालमा अध्ययन अवलोकनका लागि बैदेशिक भ्रमणको अवसर पाएको उनी बताउँछिन्।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu