प्रदेश नं.२ मा SEE परिक्षाको पाँचौ दिन सामाजिक विषयको परीक्षा पनि स्थगित/बिद्यार्थी , स्थानीय आन्दोलित

Friday, 29 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
रन्जन चौधरी,
कोल्हवी:= प्रदेश २ मा एसईई परीक्षा अन्तर्गत आज हुने भनिएको सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरिएपछि परीक्षा स्थगित गरिएको छ ।
परीक्षा केन्द्र पुगेका परीक्षार्थीहरु फर्केका छन् । सामाजिक विषयको प्रश्नपत्र हिजो साँझ नै बाहिरिएको थियो । प्रश्नपत्र सामाजिक संजालमा समेत धेरैले शेयर गरेपछि परीक्षा स्थगित गरिएको हो । स्थगित गरिएको सामाजिक विषयको परीक्षा कहिले लिने विषयमा राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ ।

परीक्षा केन्द्रबाट परीक्षार्थी फर्केपछि आक्रोसित बनेका छन् । बाराको कोल्हवी नगरपालिका स्थित श्री अनुपदिपनी उच्च मा.वि कोल्हवी र श्री ने.रा.उ.मा.बि सपही परीक्षा केन्द्रमा परीक्षा दिन पुगेका परीक्षार्थीहरुले प्रश्नपत्र आउट गर्नेलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रश्नपत्र आउट कसैले गर्छन्, अनी सास्ती हामी विद्यार्थीले पाएको उनीहरुको भनाई छ ।


बारम्बार परिक्षा स्थगितको बिरोध गर्दै बिद्यार्थी लगायत स्थानीयहरुले बारा,पर्सा,रौतहट लगायतको जिल्लाहरुमा नाराजुलुस सहित आन्दोलन गरिरहेका छ्न।

विहिवार लिएको विज्ञान विषयको प्रश्नपत्र पनि बाहिरिएको थियो । सोही कारण विज्ञान विषयको परीक्षा रद्द गरिसकेको छ । विज्ञानको परीक्षा अब यही चैत्र २२ गते लिने भनिएको छ । स्थगित भएको सामाजिक विषयको परीक्षा चैत्र २३ मा लिइने सम्भावना छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu