नेपाली राष्ट्रिय फुटबल टिमका सेन्टर डिफेन्डर आदित्य चौधरी एसइई दिदै ।

Thursday, 28 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
(टंंक क्षेत्री/नागरिक दैनिक)
सर्लाही:= नेपाली राष्ट्रिय फुटबल  टिमका सेन्टर डिफेन्डर आदित्य चौधरी माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७५ दिइरहेका छन्।
लालबन्दी नगरपालिका–२ जब्दी निवासी चौधरीले हरिपुरस्थित महावीर जनता मावि परीक्षा केन्द्रमा एसइई दिइरहेका हुन्। २०६८ सालमा एसइई दिएका चौधरी १ विषयमा अनुत्तीर्ण भएका थिए। लगातार दुई–तीन वर्ष पुनः एसइईकै समयमा देशको तर्फबाट फुटबल खेल्न मलेसिया, भुटानलगायत विदेशी भूमिमा जानु परेपछि उनको परीक्षा पास गर्ने  धोको अधुरै रहेको थियो। 

‘फेल भएको १ विषयको जाँच दिन फारम भरेको वर्ष एसइईकै समयमा मलेसिया जानु पर्याे’,  आदित्यले भने, ‘फेरि अर्को वर्ष सबै विषयको परीक्षा दिन फारम भर्दा देशकै तर्फबाट फुटबल खेल्न भुटान जानुपर्याे।’ पटकपटक फाराम भर्दै परीक्षा दिन नपाएपछि अध्ययनसमेत नियमित नभएका कारण ७ वर्षदेखि एसइईमा सहभागी भई सफलता प्राप्त गर्ने धोको पूरा हुन नसकेको आदित्यको गुनासो छ। 
 
‘फुटबलमा चर्चा कमाएर मात्र हुँदो रहेनछ। सँगसँगै शैक्षिक योग्यताको पनि निकै महत्व हुँदो रहेछ। त्यही भएर अध्ययनलाई पनि अगाडि बढाउने निधोसहित एसइई दिएको हुँ।’
‘के गर्नु राष्ट्रका लागि खेल्नुपर्ने अवस्था आएपछि एसइई छ भनेर रोकिन मन लाग्दो रहेनछ’, उनले थपे, ‘गर्दा गर्दै ७ वर्ष पछाडि धकेलिएँ।’ यस पटक अध्ययनमा समेत मिहिनेत गरेको र परीक्षा राम्रो भइरहेको आदित्यले बताए।

स्थानीय एभरेस्ट बोर्डिङ स्कुलमा पढ्दापढ्दै अन्डर–१२ बाट फुटबलमा सकृय भएका आदित्यले विभिन्न उमेरसमूह हुँदै २०७० सालदेखि राष्ट्रिय टोलीको एट्याकिङ डिफेन्डरको भूमिका निर्वाह गर्दै आइरहेका छन्।
सशस्त्र प्रहरीको फुटबल क्लब एपिएफमा आबद्ध चौधरीले फुटबलमा जमेसँगै शैक्षिक योग्यताको समेत आवश्यकता महसुस गरेपछि पुनः एसइई परीक्षामा सहभागी भएको बताए। ‘फुटबलमा चर्चा कमाएर मात्र हुँदो रहेनछ’, उनले थपे, ‘सँगसँगै शैक्षिक योग्यताको पनि निकै महत्व हुँदो रहेछ, त्यही भएर अध्ययनलाई पनि अगाडि बढाउने निधोसहित एसइई दिएको हुँ।’
जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका आदित्यका बुबा अर्जुन चौधरी देशका लागि फुटबल खेले पनि शैक्षिक योग्यतासमेत जरुरी रहेको बताउँछन्। ‘फुटबललाई मात्र ध्यान दिएर हुँदैन, सँगसँगै शैक्षिक योग्यता पनि बढाउन जरुरी छ,’ अर्जुनले भने, ‘त्यसैले छोरालाई यस पटक जसरी पनि एसइई दिनुपर्छ भनेर आग्रह गरेको थिएँ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu