रेशमलाई छुटाउन आन्दोलनको तयारीमा थारु समुदाय/सप्तरीबाट सुरुवात गर्दै ।

Tuesday, 26 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राजविराज : जन्मकैद सजाय पाएका साँसद रेशम चौधरीलाई आम माफी दिनुपर्ने आवाज उठेको छ । माननीय रेशम चौधरी वचाउ अभियान संर्घष समिती सप्तरीले आममाफी दिन माग गरेको हो ।

समितिले सोमवार राजविराजमा पत्रकार सम्मेलन गरी साँसद चौधरी निर्दोष रहेको भन्दै आममाफी दिन माग गरेको लाइभ मधेस अनलाईनले समाचार छापेको छ।समिति संयोजक रामाकान्त चौधरीले पहिचान र अधिकारको लागि भएको आन्दोलनमा जोडेर थारु नेतामाथि झुठामुद्धा लगाएर जन्म कैदको फैसला सुनाएर अदालतले विभेदपुर्ण ब्यवहार गरेको आरोप लगाए ।


संर्घष समितीले साँँसद चौधरीलगायत ११ जनालाई जन्मकैद र १२ जनालाई ३ वर्षको सजायको फैसला अदालतले सुनाएको प्रति खेद व्यक्त पनि गरेको छ । टीकापुर घटनालाई राजनीतिक रुपमै समाधान खोज्न सरकारसँग आग्रह समिति संयोजक चौधरीले आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र, वडा, गाउँपालिका र नगरपालिकास्तरमा संघर्ष समिति गठन देखी राष्ट्रिय भेलासम्मको कार्यक्रम सार्वजनिक गरिएको छ । आन्दोलनका कार्यक्रम अनुसार पहिलो चरणमा चैत १८ सम्ममा जिल्लाको सबै १८ वटै स्थानिय तहहरुमा संघर्ष समिति गठन गरि चैत १९ गते बिरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको संयोजक चौधरीले जानकारी दिए । 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu