हमार सनेश सहकर्मी ,,
मलेसिया( क्वालालम्पुर):= नेपालको राजनीतिकमा शक्तिशाली बन्दै गएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिबिधि केपि सरकारको नजरमा प्रतिबन्धित देखिए पनि केही समययता देश बिदेशमै नेकपाको गतिबिधिले तिब्रता पाएको छ।
विप्लव निकट प्रवासी युवाहरुको संगठन जनप्रगतिशील मोर्चा मलेसियाले नवनियुक्त राजदुत उदयराज पाण्डेलाई स्वागत संगै मलेसियामा रहेका सम्पुर्ण श्रमिकहरुको मुद्दालाई केन्द्रित गर्दै विभिन्न माग राखी सोमबार ज्ञापन-पत्र: बुझाएका छन् ।
सामान्यतया माग पत्र,ज्ञापनपत्र बुझाउने प्रक्रिया कुनै नयाँ र अनौठो नभए पनि यसको चर्चाको बिषय भनेको उल्लेखनीय रुपमा उठान गरिएका बिषय बस्तु र एजेण्डाले महत्व राख्दछ। मोर्चाको ज्ञापन-पत्रमा माग गरिएको बिषयहरु मुख्यतः श्रमिकले अफ्नो श्रम स्वतन्त्र मर्यादित र सुरक्षित रुपमा गर्ने पाउनु पर्ने र सम्झौतामा उल्लेख कुराहरू लागु हुनपर्ने। अन्तर्राष्ट्रिय मानवअधिकार साथै विश्व श्रमिक अधिकार अनुरुपको को मजदुर अधिकार सुनिश्चित गर्नुपर्ने जस्ता महत्वपूर्ण बिषयहरु माग गरिनुले मोर्चाको यो सहयोगले नेपाली श्रमिकहरु लाई ठूलो सहयोग पुग्ने देखिन्छ।
मजदुर अधिकारको माग सहित संगठनको तर्फबाट संयोजक: तथा पार्टी सेक्रेटरी :महेश वोलि अध्यक्ष : बिजय लामा संगठनका सुचना तथा संचार बिभाग प्रमुख :सन्तोष तामाङ मोर्चा सेलेङगारका छेत्रीय अध्यक्ष: हुकुम केसि ज्ञान बहादुर रावल। लगायतको उपस्थित थिए भने दुतावासको तर्फबाट राजदूत उदयराज पाण्डेले ज्ञापनपत्र बुझ्दै मलेसियाको श्रमिकहरुको समस्या लाई जरैबाट पहिचान गरि कानुनी संबैधानिक र सम्झौताको अाधारमा समाधान गर्न दुतावासको तर्फबाट कुनै पनि कसर बाँकी नराख्ने र त्यसको लागि सम्पूर्ण नेपाली श्रमिकहरु सामाजिक अगुवा लगायत सबैको सहयोग आवश्यक रहेको बताए।
यदि कारण बस कुनै नेपाली अवैधानिक भएको कुनै गम्भीर अपराध र कसुर नभएको तर पैसाकै कारण घरफर्कन सकिरहेको छैन भने त्यस्तोहरुको लागि राज्य कोषमा भएको रकमले स्वदेश फिर्ताको बातावरण मिलाउन सकिने बताउनु भयो ।
थुप्रै देशहरूमा नेपाली नागरिक श्रम गरिरहेको भए पनि अन्य देशको तुलनामा मलेसियामा विविध कारणले गर्दा श्रमिक माथी आएको समस्या र घटनाहरु बढि भएको समचार संप्रेषण हुनेगरेको छ। यसको समधानको लागि भएको प्रयास जोकोही बाट भए पनि अत्यन्त अवश्यक रहेको पाण्डेले भने ।
सरकारले नेपालमा भने विप्लव नेकपाका सम्पूर्ण गतिविधि माथी पुर्ण प्रतिबन्ध लगाइएको नेपाल् सरकारको यो अशोभनिय कार्यप्रती खेद ब्यक्त गर्दै विप्लव निकट प्रवासी युवाहरु यो न्यायोचित र दादागिरी गतिबिधि विरुद्धको अधिकारको माग सहित घोर भत्सर्ना गरेको छ।
साथै बिदेशमा रहेका सम्पूर्ण श्रमिकहरु विप्लवको गतिबिधिमा लामबद्ध हुने ठोकुवा समेत मोर्चाले गरेको छ।