सन्तोष योन्जन तामाङ ,,
मलेसिया(क्वालालम्पुर):= विप्लव नेतृत्वको नेकपा प्रवास शाखा मलेसियाको पार्टी सेक्रेटरी क.महेश वलि र जनप्रगतिशिल मोर्चा मलेसियाका अध्यक्ष बिजय लामाले नेपाली दूतावास मलेसियालाई मजदुरहरुको समस्या तत्काल समधान गरियोस् भन्दै टिभी रोगबाट ग्रसित ओखलढुंगा जिल्लाका बिष्णु बहादुर राई र चिनी(sugar) टिभी रोगबाट ग्रसित भैइ थल्ला परेका ईलाम जिल्लाका दिल कुमार श्रेष्ठ लाई छिटोभन्दा छिटो घर फर्काउनु पर्ने भन्दै नेपाली दूतावास मलेसियाको ध्यानाकर्षण गराउदै आग्रह गरेको छ।
ओखलढुंगा जिल्ला निवासी बिष्णु बहादुर राई विगत २०१० मा मलेसियाको पानासोनिक कम्पनीमा रोजगारीका लागि आएका थिए ।बिष्णु बहादुरलाई पठाउने मेनपावर अहिले सबै खारेज भैसकेको पीडित राईको भनाई रहेको छ।
एजेन्ट र म्यानपावरले उनलाई पानासोनिक कम्पनी भनेर नेपालबाट पठाएका थिए तर यहाँ कम्पनीमा आइपुग्दा राई लगायतको कामदारहरुलाई सो कम्पनी बाहेक अन्य तिर कन्टेकमा काम गर्न लगाइएको थियो भने कम्पनीका कन्टेक बोसले भनेको बेला समयमा तलब नदिने र काम धेरै लगाउने,दु:ख दिने गरेको कारणले गर्दा बाध्यताले कम्पनी छोड्नु परेको बिष्णु बहादुर राईले बताउछन ।
घरमा दाजु भाउजू मात्र रहेको राईको आमा बुवा भने उ १० बर्षको हुँदा नै स्वर्गारोहण भएको वित्नु भएको कारण घरको दुःखले गर्दा मलेसिया रोजगारीको सिलसिलामा आएका थिए कुराकानी गर्ने क्रममा बताउछ्न।राई अहिले मलेसियाको क्वालालम्पुर स्थित नेपाली दूतावास नजिकै रोगी अवस्थामा बसिरहेको र सुगर संगसंगै अहिले उसलाई टिभी(TV)रोग लागेको डाक्टरको रिपोर्टमा उल्लेख गरिएको छ ।विगत ६ महिना देखि अलपत्र अवस्थामा रहेका ऊनलाई अहिले समाजसेवी कृष्ण बहादुर बम्सी ठकुरीले बिगत २३ दिन अगाडि देखिनै रेखदेख गर्दै आईरहेको छ।
त्यसैगरी त्यस्तै पीडित ईलाम जिल्लाका दिल कुमार श्रेष्ठको पनि आफ्नै कहालिलाग्दो दु:खद कथा छन्। आफ्नै देश नेपालमा रोजगारीको सिर्जना नभएपछि मलेसिया आएका दिल कुमार श्रेष्ठ यतिबेला दुबई खुट्टा काट्नु पर्ने अवस्थामा पुगेको छ। क्ष्रेष्ठको हातखुट्टा र आखाको छेउमा पुरै घाउखटिरा निस्केको छ्न।
विगत २००४ सालमै रोजगारीको निम्ति मलेसिया छिरेका दिल कुमार श्रेष्ठ कम्पनीमा भनेको जस्तो काम नपाएपछि र नेपालबाट मेनपावरले एउटा् काम भनेर पठाएको तर यहाँ कम्पनीमा अर्कै काम लगाएको र समयमै तलब नदिने १८ घन्टा भन्दा धेरै काम गर्नुपर्ने भएकाले आफुले गरेको श्रमको तलब नपाएपछि बाध्यताले कम्पनी छोड्नु परेको दिल कुमार श्रेष्ठको भनाइ छ , यतिबेला उसको मानसिक संतुलन कमसंगै सुगर टिभी रोगबाट ग्रसित हुनुहुन्छ दिल कुमार श्रेष्ठ। निजको घरमा एक छोरा र श्रीमती छन् ।
दिल कुमार श्रेष्ठ र बिष्णु बहादुर राईको पहिलो भिडियो २०७५चैत्र १० गते फेस्बुक र STY INTERTENTMENT TV YouTube च्यानल बाट सञ्चारकर्मी सन्तोष योन्जन तामाङले प्रकाशन,प्रसारण गरेका थिए , सोही क्रममा भिडियो हेरेर नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वका मलेसिया पार्टी सेक्रेटरी एवम् नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका संयोजक क.महेश वलि त्यसैगरी जनप्रगतिशिल मोर्चाका अध्यक्ष बिजय लामा लगायतका टोलि नेपाली दूतावास मलेसियामा पुगि राजदुत उदयराज पाण्डे सङ भेटघाट गरि बिष्णु बहादुर र दिल कुमार श्रेष्ठलाई तत्कालै नेपाल फर्काउन आग्रह गरेका थिए ।
यहीँ बिषयमा नेपाली दूतावास संग सोधपुछ गर्दा पीडितहरुलाई छिट्टै नेपाल फर्काउन पहल गरिरहेको,बाताबरण मिलाई रहेको राजदुत उदयराज पाण्डेले जानकारी बताए। दूतावास सङ्गको भेटघाट पछि मलेसिया पार्टी सेक्रेटरी एवम् नेपाली जनप्रगतिशिल मोर्चाका संयोजक क.महेश वलि मोर्चाका अध्यक्ष बिजय लामा लगायतका टोलि पीडित बिष्णु बहादुर राई र दिल कुमार श्रेष्ठलाई भेटघाट गर्न पुगेका थिए ।
पीडितहरु बस्ने होस्टेलमा पुग्दा खेरि एकदमै दर्दानाक अवस्थामा पीडितहरु देखेपछि वलिले पीडितहरुलाई छिटोभन्दा छिटो उदार गरि नेपाल फर्काउने प्रतिबद्धता जाहेर गरे ।