रन्जन चौधरी,,
कोल्हबी( बारा):= बाराको कोल्हबी नगरपालिका वडा न.१ मा अवस्थित श्री जनशक्ति युवा कल्व कोल्हबीको आयोजनामा अनुमानित २४ लाख २० हजारको लागतमा हुन गैरहेको दोश्रो कोल्हवी गोल्ड कप चैत २९ गते शुक्रबारदेखि सुरु हुने भएको छ।
उक्त फुटबल खेलको उद्घाटन प्रमुख अतिथि कोल्हबी नगरपालिकाका नगर-प्रमुख भरत बहादुर भण्डारी ज्युले गर्ने भएको छ। श्री जनशक्ति युवा क्लब कोल्हवीको आयोजनामा खैरा-काटा (मठवा) खेल मैदानमा हुन गइरहेको दोश्रो कोल्हबी गोल्ड कपको सम्पुर्ण तयारी बिहीवार देखि नै भइरहेको आयोजक समितिले जानकारी दिए।
शुक्रबार २९ गते उद्घाटन हुने खेलमा आयोजक टिम र नव जनजागृती युवा क्लब सिमरा(बारा) बिच प्रतिस्पर्धा हुनेछ भने उक्त खेलमा हर्दि समाज चितवन (भण्डारा), महाबीर क्लब हेटौडा,FC बैङघारी महोत्तरी ,बारा-११, सिमरा (बारा), सलार्ही–११,चिडिया दह स्टार क्लब चपुर (रौतहट), आयोजक टिम गरि ८ वोटा टिमहरुको सहभागी रहने र उक्त खेलको प्रतियोगिताको बिजेताले १ लाख ६० हजार र उपबिजेताले ८० हजार प्राप्त गर्ने भएको छ।
यसैगरी प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई अयोजकले नगद ४० हजार तथा सिल,मेदल र प्रमाण-पत्र प्रदान गरिने र साथै २९ गते शुक्रबार देखि सुरु हुने खेल बैशाख ७ गते आइतवार सम्म रहने जनशक्ति युवा क्लब कोल्हबीका अध्यक्ष त्रियोगी राउत थारुले जानकारी दिनु भएको छ । उक्त खेलमा महिला टिम (चन्द्रपुर रौतहट र सिमरा बारा) बिच खेल हुने बारे आयोजक समितिले जानकारी दिए।


