रेशम चौधरीको रिहाइलगायत माग राखेर राजपाले देशभर प्रदर्शन गर्ने ।

Thursday, 11 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं := राष्ट्रिय जनता पार्टी नेपालले टीकापुर घटनामा पुर्पक्षका लागि जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइलगायतका माग राखेर देशै भरि प्रदर्शन गर्ने भएको छ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले आगामी शुक्रबार सबै जिल्लामा कोण सभा र प्रदर्शन गर्न सर्कुलर जारी गरेका छन्।
राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, राजबन्दीहरूका मुद्दा फिर्ता गर्नुपर्ने माग राखेर प्रदर्शन गर्न लागेको हो।
उसले  जन्मसिद्धका नागरिकलाई वंशजको नागरिकता दिनुपर्ने, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्नुपर्ने माग पनि राखेको छ।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन राजपाले केही महिनाअघि फिर्ता लिएको थियो।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu