आदिवासी थारूकाे राजनीतिक अवस्था तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम उदयपुरमा हुँदै

Friday 12 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
उदयपुर := प्रगतिशिल थारू समाज उदयपुरकाे आयाेजनामा हुने २ दिने आदिवासी थारूकाे राजनीतिक अवस्था तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमका पहिलाे दिनकाे कार्यक्रम समग्र मजदुर सभाहल देउरीमा भव्यता पुर्वक सम्पन्न भएकाे छ ।

कार्यक्रममा प्रगतिशिल थारू समाजका संयाेजक  श्यामानन्द चाैधरीको सभाध्यक्ष रहेको थियो, त्यसै गरि प्रमुख अतिथीमा साँसद अमनलाल माेदी र विशेष अतिथीमा नेकपा केन्द्रीय सदस्य तथा पुर्व माननीय मन्जु कुमारी चाैधरी ,वेलका नगरपालिकाका उपमेयर राज कुमारी चाैधरी लगायत १५० जना भन्दा बढी नेता कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन समाजका सचिव दुलिराम चाैधरीले गरेका थिए ।




कार्यक्रममा नेकपाका अग्रज थारू व्यक्तित्वहरूलाई प्रमाणपत्र तथा दोसल्ला ओढाई सम्मानित समेत गरिएको छ ।
सम्मानित हुनेहरूमा बच्चु लाल चाैधरी, सिताराम चाैधरी, धनिराम चाैधरी, हरि लाल चाैधरी, भगवानि प्रसाद चाैधरी र लक्ष्मी नारायण चाैधरी रहेको छ ।

२८ गते पहिलाे दिन साँसद अमनलाल माेदी , नेकपा के. स. तथा त्रिनपा मेयर बलदेव चाैधरी र श्यामानन्द चाैधरीले प्रशिक्षण दिएका थिए ।
शुक्रबार २९ गते भने प्रशिक्षणकाे लागि नेकपा सचेतक तथा पुर्व मा. शान्ता चाैधरी, नेकपा के. सदस्य भगवती चाैधरी, नेकपा के. स. तथा पुर्व शहरी विकास राज्य मन्त्रि  मन्जु कुमारी चाैधरी र वरिष्ट ट्रेनर दुर्गा नन्द चाैधरीले प्रशिक्षणा दिनु हुने कार्यक्रम रहेको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu