दोस्रो दिनको खेलमा १-० को विरुद्ध ट्राइब्रेकरमा सर्लाही ११ को सान्दार जित।

Sunday, 14 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
रन्जन चौधरी,,
कोल्हबी (बारा):= बाराको कोल्हबी नगरपालिका वडा न.१ अन्तर्गत रहेका श्री जनशक्ति युवा कल्व कोल्हबीको आयोजनामा मठ्वा खेलमैदानमा जारी  दोश्रो कोल्हबी गोल्ड कपको आज दोश्रो दिन सनिवार सर्लाही ११ र महाबीर क्लब हेटौंडा बिच भएको खेलमा १-० को विरुद्ध सर्लाही ११ ले सान्दार जित हासिल गरेको छ । 

दुई टिम बिच प्रतिस्पर्धा हुँदा समय अवधि कुनै पनि टिमले गोल गर्न न-सक्दा खेल ट्राइब्रेकरमा ढकेलिएको थियो । खेल ट्राइब्रेकरमा ढकेलिदा दुबै टिम बिच ट्राइब्रेकरमा प्रतिस्पर्धा हुँदा १-० को विरुद्ध सर्लाही ११ विजय भएको हो र साथै सर्लाही ११ का जर्सी न.१ का मनिश मगरलाई म्यान अफ दि म्याच घोषित गरिएको आयोजक समितिले जान्कारी दिनु भएको छ।


श्री जनशक्ति युवा क्लब कोल्हवीको आयोजनामा अनुमानित २४ लाख २० हजारको लागतमा खैरा-काटा (मठवा) खेल मैदानमा जारी दोश्रो कोल्हबी गोल्ड कपमा हर्दि समाज चितवन (भण्डारा),FC बैङघारी महोत्तरी ,बारा-११,चिडिया दह स्टार क्लब चपुर (रौतहट) गरि अझै ४ वोटा टिमहरुको सहभागी रहने र साथै उक्त खेलमा ६ गते शुक्रबारका दिन(मैत्रीपूर्ण) महिला टिम (चन्द्रपुर रौतहट र सिमरा बारा) बिच खेल हुने भएको छ । प्रतियोगिताको बिजेताले १ लाख ६० हजार प्राप्त गर्ने भएका छ्न भने उप-बिजेताले ६० हजार प्राप्त गर्ने आयोजक सिमितले जानकारी गराउनु भएको छ। 

यसैगरी उक्त फुटबल खेल प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई अयोजकले नगद ४० हजार तथा सिल,मेदल र प्रमाण-पत्र हस्तान्तरण गर्ने र साथै २९ गते शुक्रबार देखि सुरु भएको खेल बैशाख ७ गते सनिवार सम्म रहने तथा महिलाहरुलाइ निसुल्क खेल हेर्न दिइने व्यवस्था मिलाइएको र आइतवार नयाँ बर्ष हुनुको कारण खेल अस्थगित गरिएको र साथै सोमबार हुने खेलमा चिडिया दह स्टार क्लब चपुर (रौतहट)र बारा ११ बीच प्रतिस्पर्धा हुने जनशक्ति युवा क्लब कोल्हबीका अध्यक्ष त्रियोगी राउत थारुले जानकारी दिनु भएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu