सामाजिक संजालको दुरुपयोग तीब्र रुपमा भैइरहेको छ:- शिक्षा प्रमुख विश्वकर्मा ।

Friday 12 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्ततु:= कपिलवस्तु जिल्ला शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माले बालबालिकाहरुले सानै उमेरदेखि नै सामाजिक संजालको दुरुपयोग गरिरहेको बताएका छन् । 
जिल्लाको शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा अवस्थित हंस बहिनी चिल्ड्रेन एकेडेमीको आयोजनामा बुधबार भएको बार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा विश्वकर्माले यस्तो बताएका हुन् ।

विश्वकर्माले सो कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै शिक्षकले मात्रै नभई अभिभावकले पनि उनिहरुको शिक्षाप्रति सचेत रहने बताए । उनले भने विद्यार्थीहरुले त्यस्तो गरेको दुरुपयोगले उनीहरुको पढाइमा नकरात्मक असर परेको समेत विश्वकर्माले बताए ।
यसै बीच समाजसेवी तथा युवा नेता अजय थापाले भने हंस बहिनी चिल्ड्रेन एकेडेमीले उत्कृष्ता नतिजा मात्रै नभएर गुणस्तरिय शिक्षा प्रदान गरेको प्रशंशा गर्दै अरुले पाठ सिक्न जरुरी रहेको बताए । 

हंस बहिनी चिल्ड्रेन एकेडेमीका प्रधानाध्यापक अजय त्रिपाठीले भने आफ्नो विद्यालयमा विद्यार्थीहरुको चाप बढेको र हाल ९७ प्रतिशत विद्यार्थीहरुको नतिजा  उत्कृष्ता ल्याउन सफल भएको दाबी गरे ।  
उक्त कार्यक्रममा समाजसेवी तथा अध्यक्ष गंगाधर भट्टराई, शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माको प्रमुख आतिथ्यता, समाजसेवी तथा युवा नेता अजय थापा, समाजसेवी तथा अभिभावक मुमकला पोख्रेल लगायतको आतिथ्यता, महिम खानको स्वागत मन्तव्य र दिनेश भट्टराईका सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu