नेता,पहुचवालाको नातेदार उत्तीर्ण गराएको भन्दै त्रिवि सेवा आयोग तोडफोड/अध्यक्षको कुर्सी जलाइयो।

Sunday, 12 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:= त्रिुभवन विश्वविद्यालयको कीर्तिपुरस्थित सेवा आयोग कार्यालयमा विद्यार्थीले तोडफोड गरेका छन् । खुला प्रतिस्पर्धा परीक्षामा नातेदारलाई पास गरेको भन्दै आक्रोशित विद्यार्थीहरुले आयोग कार्यालयमा तोडफोड गरेका हुन् ।

उनीहरूले आयोग अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएका छन्। घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरु नेविसंघ र नयाँ शक्ति आवद्ध विद्यार्थी रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ। सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा आयोग अध्यक्ष, त्रिविकै उच्च अधिकारी, विद्यार्थी संगठनका नेता र पार्टीका नेताका नातेदारहरुको नाम निस्किएपछि अन्यले बिरोध जनाएका हुन्। नतिजा वैशाख १३ मा सार्वजनिक भएको थियो।
(समाजिक संजालमा भाईरल भएको TU नतिजाको फोटो)
अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, अनुगमन महाशाखा प्रमुख विष्णुप्रसाद खनाललगायत उच्च पदाधिकारीका नातेदारहरूको नाम लिखित परीक्षामा निस्किएको छ।
लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवाला र खसआर्य समुदायकै पहुचवालाहरुको आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा समेत यसबारे उजुरी परेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu