थारु समुदायमा चंलावत पुजा ।(लिङ्क खोलेर पढ्नुहोस)

Sunday, 12 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= थारु समुदाय अन्य समुदायको तुलनमा निकै पछि परेको र पारिएको समुदाय अन्र्तगत पर्दछ । तसर्थ यसै बीच विश्वकै साँस्कृतिक धनी देश नेपाल र नेपालमै सबैभन्दा बढी साँस्कृतिक मूल्यमान्यताको इतिहास बोकेको थारु समुदायमा हरेरी पुजा, बैशाखी पुजा लगायत अन्य पुजा मध्य चंलावत पुजा एक महत्पूर्ण मानिने गरिन्छ ।

यो पुजा हरेक बर्षको बैशाख महिनाको परिसरमा गर्ने गरेका जानकारहरुले बताउने गर्छन् । यस चंलावत पुजाबाट आफ्नो समुदायमा सुख, शान्ति, समृद्धि र रोग ब्याधी लाग्नबाट सुरक्षित रहने पूर्व थारु अगुवा समाजसेवी गंगाराम थारुले विश्वास व्यक्त गरे ।



चंलावत पुजाका सामाग्री :- 

यस पुजामा माटाका एक वटा हात्ति, सात वटा घोडा , आठ वटा दिया बनाएर गाउँको पश्चिम पट्टि हात्तिलाई अगाडि र घोडालाई पछाडी राखेर दियामा (छाकी) दारु, कपुर र अगरबत्ती चढाईन्छ । साथै निमको पात, बेसार र पानी घोलेर बनाइएको पदार्थ (ढरकावन), एक वटा माटाको कराहीमा घ्यु, नरिवल छुवारा मिसाएर बनाएको एक प्रकारको वस्तु (होम) लाई चुलो बनाएर (गुरुवा) झाँक्रीले चढाउने र गाउँको चारै कुनामा बाँसको हाँगमा धजा (तुल) बाँधी गाड्ने साथै गाउँभरिका मानिस एक ठाउँ जम्मा भई पुजा गर्ने गरेका शिवराज नगरपालिका–­३, भितरियाका समाजसेवी हर्जु थारुले बताए ।

थारु अगुवा राम बहादुर थारुको भनाई :- 

त्यसैगरी भितरिया गाँउका अगुवा समाजसेवी राम बहादुर थारुले थारु समुदायमा यो चलन अहिलेको नभएर आजा पूर्खा देखि मान्दै आएका परम्परागत चाल चलन विकृतिको रुप लिएको छ भने हामीले त्याग्नु जरुरी हुन्छ । राम्रो संस्कारलाई अवलम्वन गर्नुपर्छ अनि मात्र थारु समुदायको मुहारमा सकरात्मक परिवर्तनको केन्द्र बन्न सक्ने था
रुले बताए ।

उनले भने थारु समुदायमा नयाँ पुस्तालाई पुराना संस्कृति हस्तान्तरण गर्न नसकिएकाले केही असल परम्परा लोप हुँदै गएकोमा असन्तुष्टि पोख्दै नवा पुस्ताले पनि उत्तम संस्कारलाई सकरात्मक लिइ अगाडी बढेमा समुदायमा निकै राम्रो प्रभाव पर्ने उनको भनाई छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu