हमार सनेश ड्टकम,,
कपिलवस्तु := पछिल्लो समय थारु गित सङ्गितले फडको मारी रहेको अवस्थामा एक पछि अर्को गर्दै निकै नै चर्चित गायक श्री निवास चौधरी ले पुनः अर्को गितको म्युजिक भिडियो दर्शकहरु माझ लिएर आएका छन ।
बिनोद बिकास चौधरीको शब्द, मोहन दहितको सङ्गीत ,श्री निवास र सरगम चौधरीको सुमधुर स्वरले सजिईएको " सुस्केरा से बोलैहो " नामक उक्त गितमा बहुप्रतिभाका धनी गायक,सङ्गितकार तथा एरेन्जर गणेश चौधरीले सङ्गीत संयोजन गरेका हुन् ।
त्यसै गरि थारु म्युजिक इन्ड्स्ट्रीमा सबै भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका चर्चित मोडल बिबश चौधरी र पछिल्लो समय निकै चर्चामा रहेको ( काहे हेरके नजर चोरैलो तु पार के बहाना ) गित को कभर भिडियो बाट चर्चा मा रहेकी र सोही गित बाट आफ्नो अभिनय यात्रा शुरु गरेकि कपिलवस्तु कि मोडल शारदा चौधरीको दमदार अभिनय रहेको छ भने, निर्देशन स्वयं मोडल बिबश चौधरीले नै गरेका हुन । भिडियोको छायांकन र सम्पादन भने रामु चौधरीले गरेका हुन।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस्:-