एनआरएनए मलेसियाको छैठौं अधिबेशन नजिकिदै/ सीता खाजुमलाई १ लाख सहयोग गर्ने ।

Monday, 27 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ मलेसिया एनआरएनए(NRNA)ले आफ्नो छैठौं अधिबेशन गर्ने निर्णय गरेको छ ।
यहीँ २५ मे २०१९ तारिख शनिवारको दिन खगेन्द्र न्यौपानको अध्यक्षतामा बसेको वैठकले आगामी महिना ०१ सेप्टेम्वर २०१९ तारिख आईतवारको दिन छैठौं अधिवेशन गर्ने निर्णय गरेको एनआरएनए मलेसियाको महासचिव सुन्दर आले मगरले जानकारी गराए ।

संघले एक प्रेस बिज्ञप्ति जारी गर्दै अधिवशेन अगावै २७ जुलाई २०१९ शनिवार ५ वजे सम्म एनआरएनए मलेसियाको पंजिकृत सदस्य नविकरण तथा नयाँ सदस्य लिने समय तोकेको भनेर बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै गैर आवासिय नेपाली संघ (NRNA)मलेसियाले केहिदिन अगाडि पाँचथर जिल्ला मिक्लाजुङ–३ मा भएको ९ जनाको भयावह हत्याकाण्डमा भागेर ज्यान जोगाएकी १३ वर्षिय सीता खजुमलाई शिक्षाको लागि नेपाली रकम रु.१,००००० 
( एक लाख रुपैया ) सहयोग प्रदान गर्ने घोषणा समेत गरेका छ्न।

साथै शनिबार बसेको वैठकले मलेसिया एनआरएनए कल्याणकारी कोष तथा एसिया प्यासिफिक भेलामा कवुल गरिएको बाकी रकम २७ जुलाई २०१९ सम्म उठाउँने निर्णय गरिएको महासचिव मगरले बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu