महिनवारी स्वच्छता दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता ।

Wednesday, 29 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
रामअवतार चौधरी ,,
कपिलवस्तु := हिनावारी स्वच्छता दिवसको अवसरमा कपिलवस्तुको शिवराज–५, चन्द्रौटामा वक्तृत्वकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोषण सप्ताह मनाउने क्रममा छैठौं दिन अतिरिक्त क्रियाकलाप अन्तर्गत “किशोरावस्था र प्रजनन् स्वास्थ्य” विषयक निमावि स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

     विद्यालय–विद्यालय वीच प्रतिस्पर्धा भई प्रथम स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई एउटै मञ्चमा ल्याई वक्तृत्वकलाको माध्यमबाट छैठौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस भव्य रुपमा मनाइएको हो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, शिवराज नगरपालिकाको समन्वय र कालिका स्वालम्वन सामाजिक केन्द्रको आयोजनामा सम्पन्न प्रतियोगितामा मा.वि. इमिलियाकी छात्रा सिमरन आचार्यले प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् । यस्तै प्रतियोगितामा मदवा निमाविकी छात्रा सेमला सुनार दोस्रो र सरस्वती आधारभूत विद्यालय शिवपुरकी छात्रा सुकमाया बुढामगरले तेस्रो स्थान ल्याउन सफल भएका छन् ।



     मई २८ का दिन अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाइरहँदा जिल्लाको चन्द्रौटामा पनि वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी दिवसलाई भव्य रुपमा सम्पन्न गरिएको प्रायोजित कार्यक्रमका संयोजक सुभाष रेग्मीले बताउनुभयो । कालिका स्वावलम्वन सामाजिक केन्द्रको कार्यक्षेत्र भित्र रहेका १३९ विद्यालयबाट छनौटमा परेका १३ विद्यालयका १३ जना प्रतिस्पर्धीहरु वीच प्रतिस्पर्धा गराइएको उहाँले बताउनुभयो ।

     कार्यक्रममा किशोर किशोरीहरुका लागि उपयोगी सन्दर्भ सामग्रीहरुको प्रदर्शन र वितरणका साथै सम्पूर्ण सहभागीलाई सेनेटरी प्याड समेत वितरण गरिएको कालिका स्वावलम्वन सामाजिक केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत श्रीअर्जुन थापा मगरले जानकारी दिनुभयो ।

     कार्यक्रममा शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले प्रतियोगी सम्पूर्णलाई बधाई तथा शुभकामना दिएका थिए । यसवर्ष सेनेटरी प्याड खरीदका लागि टेण्डर आह्वान भइसकेको उद्घोष गर्दै नगरप्रमुख अधिकारीले अबको केही दिनमै सेनेटरी प्याड उपलव्ध गराउने प्रतिवद्धता जाहेर गर्नुभयो ।

     कोही पनि किशोरीहरु महिनावारीका कारण विद्यालय अनुपस्थित तथा कक्षा छाड्न नदिनका लागि आगामी वजेटहरुमा यस्ता प्रकारका नीति तथा कार्यक्रमहरु स्वयम् शिवराज नगरपालिकाले आयोजना गर्ने समेत नगरप्रमुख अधिकारीले उद्घोष गर्नुभयो ।

    उक्त कार्यक्रममा कालिका स्वावलम्वन सामाजिक केन्द्रका कार्यवाहक अध्यक्ष अञ्जु शर्माले कोही पनि किशोरीहरु महिनावारीका कारण संक्रमण तथा जोखिममा पर्न नहुनेमा जोड दिनुभयो । राज्य तथा स्थानीय सरकारवाट किशोरीहरुका लागि जनचेतना मूलक कार्यक्रमहरु संचालन गरिनुपर्ने शर्माले जिकिर गर्नुभयो । उँहाले भन्नुभयो–“हाम्रो समाजमा अझ पनि नछुने, पोषिलो कुराहरु खान नदिने, महिनावारी हुँदा कुनामा वस्नु पर्ने, फोहर कपडा प्रयोग गरिनुपर्ने वाध्यता विद्यमान छ । जसका कारण महिला तथा किशोरीहरुमा नकारात्मक असरहरु पर्दै गइरहेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu