सिधाकुरा नेपाल् ,,
इटहरी:= भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध निर्मम देखिएका इटहरी उपमहानगर पालिकाका मेयर द्वारिकलाल चौधरीले दुई महिनाभित्र एक दर्जन बढी कर्मचारीले राजिनामा दिने बताएका छन। कर्मचारी र सञ्चार कर्मी माथी दुर्वव्यहारको घटना पछि पहिलो पटक बोल्दै उनले २ महिना भित्र भ्रष्टाचारी कर्मचारीहरुलाई राजिनामा दिन बाध्य बनाउने योजना रहेको बताएका छन् ।
उनले खरिदार, सुब्बा, अधिकृतसम्मका कर्मचारीहरु भ्रष्टाचारमा संलग्न रहेको बताउँतै ती कर्मचारीलाई राजिनामा दिन बाध्य बनाउने बताए । आगामी दिनमा सञ्चार कर्र्मीहरुसँग हातेमालो गर्दै अघि बढ्ने समेत उनले बताएका छन् । इटहरी उपमहानगर पालिकामा भएको भ्रष्टाचार हटाउन कदम चाल्दा भ्रष्टाचार गर्न नपाउनेहरुले आफुलाई घेराबन्दी गरेर फँसाउन खोजेको आरोप समेत उनको छ ।
केही भ्रष्ट कर्मचारीहरुको कारण इटहरी बदनाम भएको उनको विश्लेषण छ । मेयर चौधरीले जो सुकै व्यक्ती भए पनि भ्रष्टाचारीलाई नछोड्ने अभि व्यक्ती दिएका छन् । उनले इटहरी खानेपानीमा राम प्रसाद चौलागाईले चरम भ्रष्टाचार गरेको समेत आरोप लगाएका थिए । इटहरी घटना घटे लगतै मेयर चौधरी भने कार्यवाहक अध्यक्ष उप मेयर लक्ष्मी गौतमलाई दिएर काठमाडौ गएका छन् ।