भदौ ७ गते टिकापुरमा थारुको बृहत भेला/संविधान जलाउने तयारी(भिडियो हेरेर सेयर गर्नुस्)।

Sunday, 2 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारुवान डटकम,,
काठमाडौं := काठमाडौंमा सम्पन्न थारुहरुको एक भेलाले आउँदो भदौ ७ गते टीकापुरमा थारुहरुको बृहत् भेला आयोजना गर्ने निर्णय गरेको छ। टीकापुर घटनामा ४२ महिना जेल जीवन बिताएर निस्किएका लक्ष्मण थारुको पहलमा भएको भेलाले थरुहट आन्दोलनको घोषणा गर्दै टीकापुरमा बृहत् भेला गर्ने निर्णय गरेको हो। भेलामा पचासौं हजार थारुहरु उतार्ने भेलाको निर्णय रहेको छ।
संविधानको विरोधस्वरुप भेलाले असोज ३ गते थारु युवा दस्ताको राष्ट्रिय सम्मेलन गर्ने निर्णयसमेत गरेको छ। सोही सम्मेलनमा थारुहरुलाई चित्त नबुझेको संविधानका धाराहरु जलाउने निर्णय भएको लक्ष्मण थारुले जानकारी दिए। सोका लागि थरुहट नेता मीनराज चौधरीको संयोजकत्वमा १०१ सदस्यीय थरुहट/थारुवान बृहत राष्ट्रिय सम्मेलन तयारी समिति गठन गरेको छ।
त्यस्तै रमेश चौधरी, तुल्सी चौधरी, सुरेश चौधरी, ललित चौधरी, पुरन चौधरी, विनोद चौधरी, माधव चौधरी र सीताराम चौधरीलाई देशब्यापीरुपमा विभिन्न जिल्लाको समन्वय गर्न जिम्मेवारी तोकेको छ।
भेलाले आगामी चुनावसम्मको रणनीति तयार गरी थरुहट आन्दोलन गर्ने तयारी गरेको हो। आन्दोलनबिना थारुहरुको अधिकार सुनिश्चित नहुने ठहर गर्दै यस्तो अभियानको थालनी गर्नुपरेको नेता लक्ष्मण थारुले जानकारी दिए।
भिडियो हेर्नुस्:
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu