दुस्चक्रको दलदलमा नराम्रो संग फसे इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी ।(पढ्नुस सेयर गर्नुस्)

Monday, 10 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
लेखक :- राम सागर चौधरी,,
मैले सन १९८२ मा इन्सटिच्युट अफ जर्नालिज्म, लाजपतनगर, दिल्लीबाट पत्रकारिता प्रशिक्षण पाठ्यक्रमको अध्ययन सफलता पुर्वक सम्पन्न गरेको हो। समयको कालखण्ड संगै गोरखापत्र लगायत बिभिन्न पत्रपत्रिकामा मेरो टिप्पणी, बिचारहरु प्रकाशित छन र हाल पनि प्रकाशित हुदैछ। 
मैले कुनै पत्रिकामा आबध्द भएर पत्रकार बनेर काम गरिन तर समसामयिक बिषयमा स्वतन्त्र लेखन भने छोडेको छैन। त्यसैले पत्रकारिताको मर्म, धर्म, आचार संहिता, मानविय संवेग, अदृष्य चलखेल, संजाल, सरकारको रवैया, समाचार संप्रेशन, सम्पादन, उतेजना, जनमत निर्माण, अफवाह आदि बारे थोर बहुत ज्ञान भने छ। राजनितिक दल, बिचार भन्दा पनि मेरो ज्ञान र ब्रह्मले देखोको भोगेको " सत्यमेव जयते" मुल मन्त्रका साथ सत्यतथ्य इमानदारी पुर्वक लेखने मेरो अभ्यास हो। 
मैले थारुको बारेमा लेख्ने गरेको छु र मलाइ मन नपराउनेले थारुवादिको आरोप पनि लगाउने गरेका छन। थारुका समस्या, आवश्यकता, शोसण र अधिकारका कुरा, बन्चितिकरणमा रहेको र बिकासको क्रममा पछाडी परेको र इमानदार थारु माथी बिभिन्न प्रहार हुदा परेका असरहरुको बारेमा लेखदा मलाइ थारुवादि देखछन भने अरु के थारु बिरोधी हुन ?  
यसै संदर्भमा इटहरीका मेयर व्दरिकलाल चौधरी दुस्चक्रको दलदलमा नराम्रो संग फसाइएको कुरामा दुईमत छैन। एका तर्फ भ्रष्टहरुको समुह अनावश्यक तरिकाले बिराटलाई भजाएर आफनो दुनो सोझो पार्न मुद्दा उठान गरिरहेका छन। बिराट पनि यस दलदलबाट निस्कने चाहनाले पत्रकार, नेता, नाता गोता गुहारदै हिडेका छन । यस दुस्चक्रबाट बिराटले निस्कनलाई हार-गुहार मागेको ठाउबाट अपेछित असल बाटो देखएको पाइएन र उनीहरुले बिराटलाइ मोहरा बनाएर झन जटिल बनाउने तिर लगेको देखियो। 
अर्को तर्फ इमानदार र असल नियत भएको मेयर माथी केही भ्रष्टहरु, धुसखोर कर्मचारी, भुमाफिया र दलालहरुले बारंबार झुठा मुदा र समाजिक प्रतिष्ठामा नै आंच आउने गरी खडयन्त्र गरेको देखियो। भुमाफिया र भ्रष्टहरु माथी कार्यवाही गरेर राम्रो काम गरेको समर्थनमा असल मानिसहरुको ठुलै जमात मेयरको पक्षमा देखिएको छ। अब पत्रकारहरुले इमानदार र सत्यको साथ दिने कि भ्रष्टहरु पछि लागने कसि लगाउन बांकि छ।
यता आएर कुनियत भएकाहरुले चलखेल गरि दुस्चक्रको भुमरिमा पारेर तिललाइ पहाड बनाउने र समाजिक बताबरण खलबलाउने तत्वहरु पनि घुस पैठ गरेर अप्रिय घटना गराउने जोखिम  देखिन थालेको छ। जानी नजानी यस दुस्चक्रको भुमरिमा गहिएर ध्रुवीकरण गराउदै पत्रकारहरुले लगिरहेको पनि छ। यसमा खेलमा बिरोधी खेमाका च्यांखे दाउ थापेर उसकाउने र दुस्चक्रको मज्जा लिनेहरु पनि अदृष्य रुपमा आगो सलकाउने तिर उध्दत छन।

थारुले के गर्न सक्छ र ? भन्ने घुसखोर कर्मचारीको ढिंठाई एकातिर प्रबल छ भने अर्को तर्फ चोकटामा बिक्ने बिराटले तथानाम मेयरलाई अपशव्द भन्ने हिम्मत कहां बाट आयो ? यस भित्रको अदृष्य ब्यक्तीहरु पर्दा पछाडीबाट बाहिर आउने नै छन। पत्रकार महासंघ लगायत भनाउदा पत्रकारहरुले दुस्चक्रबाट निकाल्ने प्रयास गर्नुको सट्टा अझै पेचिलो बनाउदै छन। रवी लामिछाने होस वा रिषी धमला राम्रो काम गरे वापत स्याबसी पाएकामा यस पटक भ्रष्टाचारीहरुको पक्षमा उभिएकोले आलोचित मात्रै होइन बिश्वास पनि गुमाएका छन। समाजिक सदभावमा समेत खलल पार्ने बिराटको अभिब्यक्तिले झन समर्थन गुमेको छ र उसका कितामा उभिनेहरु माथी संकाको घेरामा छन।
अरुको इसारामा केहि पत्रकारहरुले बारंबार मेयर व्दरिकलाल चौधरीलाई मानसिक तनाव दिने, जाल झेलमा फसाउने, समाजिक प्रतिष्ठामा खलल पार्ने र आत्म सम्मानमा चोट लगाउने, तथानाम गाली गजौल गर्ने पत्रकारहरुको क्रियकलापले मेयरलाई आक्रोसित बनाउने काम के दोष मुक्त छ र ? यस्ता पत्रकारहरूलाई दण्डित गर्नु पर्छ की पर्दैन ? मेयरलाई आक्रोसित पारेर उहांलाई बोल्न उतेजित बनाएर बोलेका शव्दलाई भजाएर गमक परेका केही पत्रकारले महासंघलाई गलत बाटोमा लगेकाले के यो दोष होइन ? शासन र प्रशासनमा पहुच छ भन्दैमा मेयरलाई हपकाइ रहने कुन चरित्र हो ?
(लेखक :- रामसागर चौधरी)

यसैले मेयरले " रिसको बेला बेद पढिदैन" र "कांक्रा चोरलाई मुडकि सास्ति" जस्ता उखान भन्दा ब्यक्तिलाइ भनेको हो भनेर दोष लगाउनु उचित देखिदैनन्। मेयरलाई पत्रकारहरुले बारंबार एउटै प्रश्न सोधने र आवेशमा ल्याउने बाताबरण सृजना गर्नुमा उनीहरु पनि दोषी छैनन् र ? असल पत्रकारले आचार संहिता पालन गर्नु पर्छ कि पर्दैन ? यस बिषयमा पत्रकार महासंघ र प्रेस 
उपप्रधान मन्त्री उपेन्द्र यादवले एक टेलीभिजन वार्तालापमा मार्यदा र शैली को कुरा त्यसै ऊठएको त होईन नि ? ती पत्रकारलाई महासंघ र प्रेस काउनसिलले आचार संहिता, शिष्टता पालन नगरेको बारेमा स्पष्टिकरण मागेको देखिन र समबन्धित टेलीभिजनले पनि केही गर्न सकेनन्। बिराट अनुपमको बिबाद बारेमा पनि पत्रकार महासंघ चुकेकै देखियो । यो खेदको बिषय हो। केही पत्रकारहरु टेलिभिजनमा लाइभ प्रसारण गर्दा सबै भन्दा ठुलो र जान्ने मनोभावना पनि छ। यहि मनोबिज्ञानले गर्दा अरु पत्रकार पनि देखासिकि गरेर छाडा हुन पुगेका हुन कि ? 
बिराटले शक्ति केन्द्रमा धाउनु सटा मेयर संग सौहाद्रपुर्ण वार्तालाप गरेर त्रुटिमा क्षमा याचना गरेमा दुस्चक्रबाट बाहिर निस्कने उपाय हो। उता मेयरलाई राम्रो काममा साथ सहयोग गर्ने र सुमधुर समबन्ध बढाउने तिर मध्यस्तकर्ताको भुमिकामा नागरिक समाज, भ्रष्टाचार बिरोधी, बिश्बासनिय, प्रतिष्ठित ब्यक्तिहरुले पहल गरेर यो दुस्चक्रको भुमरीबाट बाहिर निकाल्ने कोसिस गरेर समाधान गर्नु पर्छ। 
इटहरी हराभरा, स्वच्छ वातावरण र सुन्दर शहर मात्रै हैन। यहां बसोबास गर्नेहरु सभ्य, असल, बिसाल हृदय भएका, मिलेर बस्ने र सहयोगी भावना भएका मानिसहरु बसेको ठाउ पनि हो भनेर उदाहरणिय बन्ने मौका छ।  धुसखोर, भ्रष्टाचारी, दलाल, छुद्र बिचारका अविवेकी मानिसहरुको बसोबास भएको ठाउ होइन भनेर प्रमाणित गर्ने बेला हो। यो दुस्चक्रबाट समय मै निकास निकालौ। समय बिते पछि पछताउनु बाहेक केही बाकी रहदैनन् – चेतना भया।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu