हमार सनेश सहकर्मी ,,
क्वालालम्पुर (मलेसिया):= २०१९/६ /९ तारीख आइतबारको दिन मलेसियाको केलाङमा अवस्थित केलाङ चाैतारि रेष्टुरेन्टमा तामाङ बौद्ध महासंघ मलेसियाले आयोजना गरेको विशेष धार्मिक प्रवचन
तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
तामाङ समुदायको धर्मकला,सँस्कारसँस्कृती,भेषभुषा लिपि शिक्षा आर्थिक र बौद्ध धर्म दर्शन साहित्य सँस्कृती परम्परा एवम् सम्भोटा लिपीको जगेर्ना संरक्षण सम्बर्द्धन र बिकास गर्दै बिश्व मै गौरवसाली बौद्ध धर्म शिक्षाको ध्वनीलाई गाउँ-गाउँ बस्ती-बस्ती सम्म पुर्याई शु-सभ्य समाज र राष्ट्र निर्माणको लागि सहयोग पुर्याउने उद्धेश्यका साथ नेपालको विभिन्न जिल्लाहरुमा बौद्ध महासंघ नेपाल द्वारा संचालित तिन महिने नि:शुल्क बौद्ध धर्म प्रशिक्षण सिविर संचालन गर्न आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने विभिन्न ब्यक्तित्वहरुलाई कदरपत्र,सम्मानपत्र प्रदान गरि कार्यक्रमका प्रमुख अतिथि तामाङ बौद्ध महासंघ नेपालका सँस्थापक अध्यक्ष तथा श्रद्रेय बौद्ध धर्म गुरु तामाङ खेन रिन्पोक्षेको हात्तबाट सम्मानित समेत गरिएको थियो ।
सम्मानित हुनेमा तामाङ बौद्ध महासंघ मलेसिया संस्था साथै समाजसेबि तथा नेपाली ब्यवसायी सोनाम मोक्तान तामाङ,खेलाडी दोर्जे लोप्चन तामाङ,पत्रकार तथा समाजिक अभियान्ता घनश्याम चौधरी{आर एन चौधरी थारु } रहेको थियो ।
उक्त बिशेष धार्मिक प्रबचन तथा सम्मान कार्यक्रम्मा उपस्थित अतिथिहरुमा विभिन्न संघ सँस्थाका प्रतिनिधि शेर्पा किदुग मलेसियाका महिला उपाध्यक्ष याङ्डु शेर्पा , नेपाल् तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष/कलाकार फुर्बा दोर्जे मोक्तान तामाङ,ताप्लेजुङ प्रवासी सेवा समाजका अध्यक्ष भुपेन्द्र माबो लिम्बू , प्रवासी थारु सेवा समाज मलेसियाका संस्थापक/संरक्षक तथा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)मलेसियाका सचिव आरएन चौधरी थारु,आदिवासी जनजाती महासंघ मलेसियाका कोषाध्यक्ष सन्तोष योन्जन तामाङ लगायत नेपालीहरुको उपस्थिति रहेको थियो I
बौद्ध महासंघ मलेसियाका वरिष्ठ-उपाध्यक्ष कोष बोम्जन तामाङको सभापतित्व रहेको उक्त कार्यक्रमको सञ्चालन महासचिव सोनामनोर्बु बोम्जन तामाङले गरेका थिए ।












