इटहरी ८ टेंग्राटोल स्थित थारु जितिया घाटमा पोखरी जाइठ पुजाँगरी स्थापना ।

Wednesday, 12 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का:= इटहरी ८ टेंग्राटाली स्थित बिच्छु ग्रामथान नजिकै रहेको थारु जितिया घाटमा पोखरी जाइठ पुजागरी स्थापना गरिएको छ । प्राण प्रतिष्ठा रहने धार्मिक मान्यता अनुसार सोमवार बिधिवत पुजा अर्चनागरी घाटको बिच भागमा रहनेगरी पोखरी जाइठ स्थापना गरेको हो ।

ईटहरी उपमहानगरपालिकाको १० लाख अनुदान बजेट रकमले घाटलाई ब्यवस्थित गरीएको छ । जितिया पर्वमा पुजा गर्नकालागी चारै तिरबाट वाल र सिढि सहितको ब्यस्थित रुपमा निर्माण गरिएको हो । जाइठ स्थापनाले पोखरीको जल शुद्धभई हरेक शुभकार्यमा प्रयोग गर्न सकिने थारु संस्कार तथा पौराणिक मान्यता रहेको छ । यसै मान्यता अनुसार थारु जितियाघाटमा जलशुद्ध तथा धार्मिग योग्य बनाउन  टेग्राटोलका स्थानियहरुले जाइठ निर्माण गरिएको स्थायि साबित्रा चौधरीले जानकारी दिईन् ।

जाइठ खम्बा गाडेर पोखरीमा स्थापना गर्ने परम्परा रहि आएको छ । सखुवाको खम्बा बनाई त्रिशुल,सुन,चाँदि चढाईने गरिन्छ । यसैगरी खम्बाको तल्लो भागमा गंगाजल तथा त्याहाको माटो ल्याएर राख्नाले स्वयम गंगाजलको मान्यता रहने ग्रामथान संरक्षण समितिका अध्यक्ष तेजनारायण चौधरीले बताए । जाइठ धार्मिक तथा थारु साँस्कृतिक पहिचानको रुपमा रहेको अध्यक्ष चौधरीले बताउछन् । आदिवासिहरुले परापुर्वकाल देखिनै नदि, तलाउ, पोखरीमा बालबच्चा समेतको शुद्ध कार्य गर्दै आएकाले कुनै अनिष्ठ नहोस भन्दै देवताको वासकालागी  थारु संस्कारमा ठुलो मान्यता रहेको अध्यक्ष तेजनारायण चौधरीले बताए ।

लगभग त्याहा ६ कठ्ठा एलानि जग्गा रहेको छ । ऐलानि जग्गामा रहेको जितियाघाट र ग्रामथानमा स्थानिय थारुहरुले आफ्नो सांस्कार,परम्परा, धार्मिक कार्यहरु गर्दै आएका छन् । जग्गाकारोवारीले त्याहाबाट बिस्थापित गर्ने मनसायले २०७५ साल जेष्ठ १९ गते भत्काईएको थियो । जग्गा कारोवारीले लगाएको मुद्धा समेत खेप्दै संस्कृति बिरुद्ध लागेकाहरुलाई स्थानियहरुले बिरोध गर्दै अन्ततः मुद्धा आफ्नो पक्षमा पार्दै ग्रामथान र जितिया घाट पुनः निर्माण गर्न सफल भए । 


बिच्छु ग्रामथान भत्काउने र जितिया घाटमा माटो पुर्नु पर्ने चलखेल भईरहदा सुरुवातमा उपमहानगरपालिकाले सहयोग नगरेपनि स्थानिय र अभियानकर्मिहरुको चर्को बिरोधका बाबुजुत पछिल्लो अवस्थामा ग्रामथान पुन निर्माण र जितिया घाटकालागी रकम बिनियोजन गर्न बाध्य भए । मुद्धामा समेत ग्रामथानको सहयोगी बनेर देखा परे । यसैगरी अहिले ८ नम्बर वडाकार्यलयबाट त्यस स्थानमा बसघरा समेत निर्माणकालागी बजेट बिनियोजन गर्ने वडाअध्यक्षले प्रतिबद्धता गरेका छन् । वडा अध्यक्ष रोहित चौधरीले ग्रामथान संरक्षण समितिको साधारण सभामा सो प्रतिबद्धता गरेको हो । जितिया घाट ब्यस्थित रुपमा औपचारिक प्रदान गरे अनुसार इटहरीको टेंग्राटोल स्थित सम्भवत नेपालकै पहिलो भएको संस्कार संस्कृति संरक्षण कर्ताहरुले बताए छन् । 

जाईठ स्थापना कार्यक्रममा ग्रामथान संरक्षण तथा संस्कार संस्कृति संरक्षण अभियानकर्ता थारु कानुन ब्यवसायी सभा केन्द्रिय अध्यक्ष रामराज चौधरी,थारु महिला सभा जिल्ला कार्यबाहक अधयक्ष सुसिला लेखि,युवा अभियान्ता अशोक चौधरी,साथ र सहयोग गर्ने समाज सेवि डिल्ली सुब्बा,मनु तामाङ्ग,पुस्कर थापा लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu