नेपाल् मगर संघ क्षेत्रीय समिती जोहोरको तेस्रो अधिबेशन सम्पन्न /अध्यक्षमा सुरेश बुढा मगर ।

Wednesday, 12 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
क्वालालम्पुर (मलेसिया):= नेपाल मगर सङ्घ क्षेत्रिय समिति जोहोर बारु मलेसियाको तेस्रो अधिवेशन यहि जेष्ठ २६ गते अर्थात jun 09 तारिख सम्पन्न भएको छ । मलेसियाको ब्यापारिक अौधोगिक क्षेत्र जोहोरबारु स्थित बागुस होटलमा भएको उक्त अधिवेशनले नया क्षेत्रिय समिति चयन गरेको छ । 

नेपाल मगर सङ्घ केन्द्रीय समिति मलेसियाकि अध्यक्ष पुस्मिता ठाडा मगर को प्रमुख अातिथ्यता तथा नेपाल मगर सङ्घ केन्द्रीय समिति मलेसिया का महासचिव राम पुन मगर को विशेष अातिथ्य रहेक‍ो अधिवेशनमा क्षेत्रिय  समिति जोहोरका बरिष्ठ उपाध्यक्ष खेम थापा मगर को अध्यक्षता तथा सचिव सुनिल थापा मगर ले सञ्चालन गरेका थिए । 
सह सचिव सुरेश बुढा मगर एसबि क्षितिज को स्वागत मन्तब्य रहेको अधिवेशनमा  अामन्त्रित अतिथिहरु  बिभिन्न सँघ सँस्था जनजाति महासङ्घ क्षेत्रिय समिति जोहोर बाट गङ्गा चाम्लिङ, गैर अावसिय नेपालि युवा सङ्घ बाट ज्ञानेन्द्र सिङ , जनप्रगतिशिल मोर्चा बाट अध्यक्ष सैलेस सौगात , किरात राई ययोख्खा बाट किशोर पुमा राई गैर अावसिय नेपाली सङ्घ जोहोर अध्यक्ष रविलाल अधिकारी सुनुवार सेवा समाज बा चेत सुनुवार नेपाल मगर साँस्कृतिक सङ्घ मलेसियाका अध्यक्ष यम बलाल मगर नेपाल मगर सङ्घ ईकाई समिति पेकनानस का अध्यक्ष तेज बहादुर बुढा मगर ईकाई समिति देशा चेम्बरलाङ का अध्यक्ष क्षेत्रलाल बुडा मगर तथा  विशेष अतिथि नेपाल मगर सङ्घ केन्द्रिय समिति मलेसियाका महासचिव राम पुन मगर लगायतले  नया कार्य समितिलाई  सफलताको  शुभकामना  दिएका थिए । 



नेपाल मगर सङ्घ क्षेत्रिय समिति जोहोरबारुको तेस्रो अधिवेशन बाट चयन भएको समिति यस प्रकार छ ।
अध्यक्ष - सुरेश बुढा मगर ( एसबि मगर क्षितिज)
उपाध्यक्ष - क्षेत्रलाल बुढा मगर 
महिला उपाध्यक्ष :- ईशा राना मगर 
सचिव - सुनिल थापा मगर
सहसचिव - शम्भु मगर 
कोषाध्यक्ष - सुशील गर्जा मगर 
सहकोषाध्यक्ष- भिम बहादुर बिर्कटा मगर 
सदस्यहरु
नवीन सन्माने मगर
अनिल पुन मगर 
मनोज कुमार गुर्मुछाने  मगर
हमान सिङ राना मगर 
अर्जुन कुमार बुढा मगर 
वीर बहादुर पाचभैया मगर
खेम सारु मगर 
चरम सारु मगर 
मीन बहादुर पुन मगर
रहेको क्षेत्रिय समिति चयन गरेको छ । अधिवेशनले पाच सदस्यिय सल्लाहकार समिति पनि बनाएको छ । सल्लाहकार हरु :- 
हेम पुन मगर 
गोपाल राना मगर
धन बहादुर पुन मगर
तेज बहादुर बुढा मगर 
खेम थापा मगर 
अधिवेशन लाई  स्थानिय गायक गायिका हरु लोकेन्द्र सारु मगर वीर बहादुर सारु मगर बसन्ति थापा मगर लगायत ले गित सङ्गीत बाट मनोरन्जन दिएका थिए । नया समितिलाई विशेष अतिथि नेपाल मगर सङ्घ केन्द्रिय समिति मलेसिया का महासचिव राम पुन मगर ले सपथ खुवाउनु भएको थियो।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu