बर्दियामा सहकारीका सदस्यहरुलाई पशु दाना ब्यवस्थापन तालिम ।

Sunday, 9 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
राजापुर(बर्दिया):= गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाजको आयोजनामा राजापुर नगरपालिका वार्ड नं—१, बर्दिया अन्तर्गतका क्रमशः श्री सनौटा कृषि सहकारी संस्था लिमिटेड र श्री असल कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध २५ जना पशु पालक कृषक सदस्यहरुलाई २ दिने पशु दाना ब्यवस्थापन तालिम दिईएको छ ।

ब्यवस्थित पशु पालन र पशु आहारा तथा दाना ब्यवस्थापन, दाना बनाउने सम्बन्धि ज्ञान, सीप बारे जानकारी गराउने उद्धेश्यले तालिम संचालन गरिईएको थियो । 
तालिममा सहभागीलाई दाना बनाउने तरिका, साइलेज बनाउने तरिका बारे प्रयोगात्मक क्रियाकलाप गराइ ब्यवहारिक सिकाइ गराइएको थियो । 

मिति २०७६ जेठ २२ र २३ गते संचालन भएको उक्त २ दिने पशु दाना ब्यवस्थापन तालिमको सहजिकरण राजापुर नगरपालिका का पशु सेवा शाखा प्रमुख श्री पुर्ण बहादुर खत्रीले गरेका थिए ।



Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu