हमार सनेश सहकर्मी ,,
काठमाडौं := थारुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस ) केन्द्र सित बिना छलफल लक्ष्मण थारुले टिकापुरमा बृहत् भेला कार्यक्रम आयोजना गर्ने गरेकोमा केन्द्रले तत्काल सहभागी हुन सक्ने कुनै निर्णय नगरेको बताएका छ्न ।
थाकस केन्द्रकै एक जना पदाधिकारीले सो कुरा बताए।केही दिन उता लक्ष्मण थारुले पत्रकार सम्मेलन गरेर मिनराज चौधरीको संयोजकमा समिति बनाएको सार्वजनिक गरेका थिए । यदपि मिनराज चौधरी पनि थाकसको उप-महामन्त्री पदमा मनोनित भैइसकेका छ्न । यता थाकस केन्द्रको बैठकले सम्पूर्ण जिल्ला समिति, भात्री संगठन सहित असार ७ र ८ गते चितवनमा भेला गर्ने तयारि गरेको छ ।महामन्त्री प्रेमिलाल चौधरीको अनुसार उक्त चितवन भेलाले अबको थरुहट आन्दोलनको बाटो तय गर्ने बताउनुभएको छ ।
लक्षमण थारुको नेतृतवमा भने थारु बृहत भेला भदौ ७ गते गर्ने तय गरिएको छ ।यस अघि पनि बर्दियामा थाकसको जिल्ला भेलाको नाममा लक्षमण थारुले भेला गरेपनि थाकस केन्द्रले बहिष्कार गरेको थियो ।थाकसकै कार्यक्रममा नेता लक्षमण थारुले थाकस केन्द्रिय सभापति धनीराम चौधरीलाई बारम्बार गालि,गलौज गर्ने गरेको क्ष्रोतले बताए भने हाल सम्म थाकस केन्द्रिय सभापति धनीराम भूमिगतनै रहेको छ ।

