कोरियामा मङ्गोलियन हर्ट लाइभ कन्सर्ट साङ्गितिक धमाका -२०१९ आयोजना हुँदै ।

Wednesday, 24 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
कोरिया := कोरियामा गठित प्रबासीहरुको साझा चौतारी दोलखाली समाज, रामेछाप र सिन्धुपाल्चोक सम्पर्क समितिले मङ्गोलियन हर्ट नामक कन्सर्टको आयोजना गर्ने भएको छ।आयोजकका अनुसार “ प्रवासी एकता आजको आबश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्दता” भन्ने मुल नारा सहित सो साङ्गितिक कार्यक्रम आयोजना गर्न लागिएको हो।

दुर्गम भेगको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ आयोजना गर्न लागिएको “ मंगोलियन हर्ट लाइभ सांगीतिक धमाका २०१९ अर्थात छुसकको पहिलो दिन आयोजना गरिएको छ।उक्त समितीको संयुक्त आयोजनामा हुने कार्यक्रममा नेपाल बाट चर्चित र ख्याती प्राप्त कलाकारहरुको विशेष उपस्थिति सहित बबाल प्रस्तुति रहने छ।

सो साङ्गितिक कार्यक्रमका लागि चर्चित आधुनिक तथा पप गायक राजु लामा,आस्था राउत,नेपाल आइडल सिजन-१ का तेस्रो बिजेता प्रताप दास र नृत्य प्रस्तुति दिन अञ्जली अधिकारी,प्रकाश कट्वाल आउने भएका छन।भने आयोजकका अनुसार कार्यक्रम दक्षिण कोरियाको राजधानी सेउलमा सेप्टेम्बर-१२ तारिख हुने छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu