युवा लक्षित दिगो बिकासकालागी वडामा प्राथमिक्ता दिन्छु:- वडा अध्यक्ष चौधरी

Thursday, 25 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का:= रामधुनी वडा नं. २ का वडाअध्यक्ष रामनारायण चौधरीले युवा बिकासको महत्व बुझ्नु भएको छ । युवा बिकासबाटै वडामा समृद्ध हुुन्छ भन्नेमा उहाँ दुई मत हुनुहुन्न । समृद्ध तथा बिकास भएका राष्ट्रहरु युवाहरुकै परिचलन भएको बताउदै युवा बिकासमा लाग्नु पर्ने धारणा ब्यक्त गर्नु भएको हो । 

वल्र्डभिजनको आर्थिक सहयोगमा युथक्रिएशन सुनसरीले गठन गरेको स्काई कल्वलाई मंगलवार झुम्कामा गरिएको बिदाई कार्यक्रममा चौधरीले सो कुरा बताउनु भएको हो । सन् २०१९ सेप्टेम्बरमा सुनसरीबाट वल्र्डभिजनका योजना फेजआउट हुदै छन् । योजनाको समिक्षा गर्दै बिदाई कार्यक्रम राखेका थिए । सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा चौधरीले सम्बोधन गर्ने क्रममा युवा बिकासकालागी वडामा प्राथमिक्तामा राख्ने बताउनु भयो । युवानै बिकासको जनसक्ति भएकोले वडामा युवा दिगो बिकासकालागी बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनु भयो । योजना सहितको बजेट बिनियोजनगरी युवा परिचालनबाट वडा समृद्धि गर्ने धारणा सुनाउनु भयो । 


युवाहरुको सृजनाहरुको कदर र प्रोत्साहन,सिप,क्षमता,नेतृत्व बिकासमा ध्यान दिने बताउनु भयो । संस्थाले युवा बिकासमा गरेको लगानि उपलब्धि मुलक भएको बताउदै अझै यसको आवश्यक्त रहेको सुझाव दिनु भयो । सन् २०१९ सेप्टेम्बरमा योजना फेजआउट हुने भएकोले सो को आवश्यक्त महसुसगरी वडाअध्यक्ष चौधरीले अझै सहयोगको खाँचो रहेको बताउनु भयो । 

परियोजनाबाट स्काई सदस्यहरुले पाएको उपलब्धिहरुको बारेमा बताउदै अरु समक्ष खुल्ला रुपमा कुराहरु राख्न सक्ने फाईदा भएको बताए । सामाजिक कार्यहरु गर्दै सिप,ज्ञान,अनुभव बटुल्दै ब्यवसायिक भई आर्थिक उपार्जनमा समेत लागेको बताए । कार्यक्रममा युवा लिडरहरु चन्दन ठाकुर,बिजय चौधरी,युवा कोईराला,जया चौधरी,स्वस्तिका चौधरी,रमिता चौधरी,सुलोचना चौधरी, सागर साह,सृजना चौधरी,रमेश चौधरीले अनुभवहरु सुनाएका थिए ।

युथ क्रिएशन सुनसरीका परियोजना संयोजक भविन्द्र बिश्वकर्माको सभापतित्वमा भएको बिदाई कार्यक्रममा क्लवमा आबद्ध भएका स्काई सदस्यहरुको अनुभव लिदै बिदाई गरिएको हो । कार्यक्रममा वल्र्डभिजनका बिनय चौहान लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । 

(नोट ः युथ क्रिएशन तथा स्काई क्लवले गरेका कार्यहरुको बिस्तृत रुपमा युवाकालागी छुट्टै योजनाहरुको निर्धाण हुनुपर्ने, युवा सहभागीताकालागी सरोकारवालाहरुको प्रतिबद्धता, लिडर तथा सदस्यहरुले पाएका उपलब्धिहरु,स्काई क्लवमा भएका क्रियाकलाप,निशकर्ष को बारेमा  श्रावण १३ गते सोमवारको प्रकाशनमा राख्ने छौ ं)
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu