मलेसियामा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगीतामा नेपाली खेलाडीले जिते ११ पदक ।

Thursday, 25 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
ईश्वर राई,,
मलेसिया:= नेपालले मलेसियाको सरावक स्थित कुचिङ स्टेडियममा जुलाई १९ देखि २१ सम्म भएको 'सरावक चिफ मिनिस्टर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा' एक संवरण, दुई रजत र ८ कास्य पदक जीतेको छ ।

उक्त प्रतियोगितामा सुप्रिमा बजगाईले फाईट तर्फ महिला ३७ केजी तैल समुहको फाईनल खेलमा यताईल्यण्डकी स्वान्चुलाई हराउदै संवरण पदक जीतेकि हुन । साथै ४७ केजि मुनिको खेलमा पुजा कुवरले मलेसियाकि वान सुइसंग पराजित  हुँदै कास्य हात पारेकि थिइन र जुनियर फाईटरमा अमर भुजेलले ७३ केजी मुनीको फाईनल खेलमा ताईपेइका रिसानुसंग पराजित भै कास्य पदक मै चित्त बुझाएको थियो ।यसै प्रतियोगितामा  ३७ केजीको खेलमा अलिसा सुनुवारले,४५ केजीमा अभिषेक कटुवाल, ६२ केजीमा बिमल लामा, २९ केजीमा बिशन गुरुङ, ५१ केजीमा आस्था दाहाल, ३३ केजीमा कृतिक भण्डारी, ३३ केजीमा क्रिस थापा र सिगल फुन्समा ११ बर्ष उमेर मुनीमा रुपसना मगरले कास्य पदक जीतेको छ ।

नेपाली टिम म्यानेजर महेश्वर नेपाल, प्रमुख प्रशिक्षक कुमार लामा घिसिङ, प्रशिक्षक सरोज तामाङ र प्रशिक्षक कुमार तामाङको नेतृत्वमा यस प्रतियोगितामा सहभागी भएको थियो ।
यस प्रतियोगितामा खेलाडिहरुले निकै उत्कृष्ट प्रदर्शन गरेकोले आफु निकै खुसि भएको टिम म्यानेजर महेश्वर नेपालले बाताए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu