थारु समुदाय माथी भएको बिभेद,दमनको विरुद्धमा " थारुगिरी " (एक सेयर अनिवार्य गर्नुस्)

Thursday, 4 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
ठाकुरसिंंह थारु /कान्तिपुर ,,
बर्दिया:=  व्यावसायिक रूपमा बनाइएका थारू फिल्मले लगानी उठाउन नसकिरहेका बेला केही युवा भने नयाँ फिल्म ‘थारूगिरी’ निमार्णमा जुटेका छन् । थारू समुदायविरुद्ध भएको विभेदको वकालत गर्ने बताइएको फिल्मको हालै एक पोस्टर सार्वजनिक गरिएको छ ।

यस्तो प्रकृतिको फिल्म नयाँ भने हैन । निलम्वित सांसद रेशम चौधरीले साठीको सुरुवाती दशकमै थारू समुदायमाथि भएको विभेद उजागर गर्दै फिल्म ‘कमैया’ रिलिज गरेका थिए । स्वदेशमै लगानी नउठेपछि उक्त फिल्म अंग्रेजी भाषामा बनाई विदेशमा पनि च्यारिटी गरिएको थियो ।


‘थारूगिरी’ को कथा भने बाँके कोहलपुरकै गायक विश्वसागर परियारले लेखेका हुन् । गाउँमा बस्ने थारूमाथि कसरी विभेदपूर्ण व्यवहार गरिन्छ भन्ने फिल्ममा देखाइएको उनले बताए । अति विभेद भएपछि सहन नसकेर सर्वसाधारणको नेतृत्व गर्दै बडघर (गाउँको अगुवा) स्वयंले गरेको विद्रोहसमेत फिल्ममा रहेको उनले बताए । ‘यसमा उत्पीडन छ । पीडा छ अनि विद्रोह छ,’
उनले भने ।

‘थारुगिरी’ को मुख्य अभिनेता–अभिनेत्रीमा सन्दीप बीसी र सुनिता चौधरी छन् । प्रवीन बस्नेत र समीर राईको पनि अभिनय रहेको निर्देशक केशव चालिसेले बताए । विवश थारूको गीत रहेको फिल्म आउने दसैंमा रिलिज हुने उनले बताए । तीन दशकदेखि आदिवासी थारू भाषामा व्यावसायिक फिल्म निर्माण हुन थालेको हो । २०४६ मा पहिलो पटक रामलाल र पर्शुराम चौधरीले ‘करम’ (भाग्य) नामक फिल्म बनाएका थिए । यो वर्ष मात्रै ‘भुरभुरा रहर’ र ‘लवा जुनी’ प्रदर्शनमा आएका थिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu