महासंघ मलेसियाले दूतावासको सभाहलमा वार्षिकोत्सब तथा विश्व आदिवासी दिवस मनाउने ।

Friday, 26 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
अर्पण मगर,,
क्वालालम्पुर (मलेसिया):= मलेसियामा रहेका जातीय संघसंस्थाको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले २५ औं विश्व आदिवासी दिवस तथा महासंघको वार्षिकोत्सब अगस्ट ११ तारिखका दिन मलेसियाको राजधानी क्वालालम्पुर स्थित नेपाली राजदुतावासको सभा हलमा मनाउने भएको छ। 

अघिल्लो बैठकमा अगस्टको ४ तारिख आईतवार मनाउने भनिएको कार्यक्रम विविध समस्याका कारण ११ तारिख अगस्टमा गर्ने निर्णय भएको हो।  दुतावासको सभाहलमा कुनै पनि कार्यक्रम गर्न लागेको नेपाल अादिवासी जनजाति महासंघ मलेसिया पहिलो संस्था समेत हुने  साथै कार्यक्रम भव्य र ऐतिहासिक बनाउने महासंघका सल्लाहकार विपिन राईले बताए ।

उक्त दिन विभिन्न जातीय संघसंस्थाको उपस्थिति संगै जातीय मौलिकता झल्कने झाकी/ नृत्य समेत हुने तथा कार्यक्रमका लागि अन्य आवश्यक तयारी समेत तिव्र रुपमा भइरहेको  राईलाई उद्धृत गर्दै जनजाति महासंघ मलेसियाका महासचिव सविन लोप्चन तामाङले बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu