आरएन चौधरी थारु,
बर्दिया := थारु समुदायमा कलाकार, गायकगायीका, मोडलहरुको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । थारु गितसंगीतले नेपालमा दिनप्रतिदिन फड्को मार्ने क्रम पनि संगै छ । थारु कलाकारहरुको बीचमा ओझेलमा पारिएका एकदमै सुरिलो, सुमधुर, जादुमय स्वरकी धनी बर्दिया जिल्ला निवासी गायिका हुन सोमती थारु ।
लगभग १२ बर्ष भन्दा बढी समय कलाकारिता क्षेत्रमै बिताउनुभएका गायिकाले अन्य थारु कलाकार जस्तो खासै चर्चापरिचर्चा पाउन सक्नुभएन , कारण थियो थारु समुदायका अगुवा, अभियान्ता, मिडियाकर्मी लगायतले उहाँ बारे र उहाँको योजना बारे बुझ्न चासो नलिनु , आखिर किन ? उनले थारु राष्ट्रिय गितहरु "हमरा नैइ मङ्ली संघीयता ,ई देश माङ्ल संघीयता", "आदिवासी थारु हमरे धर्तीपुत्र तराईके", “तराईके लाल किल्ला बन्छ थरुहट "त्यस्तै आधुनिक, पौराणिक, कल्चर लगायतको थारु भाषाको ६० भन्दा बढी गितहरुमा आफ्ना जादुमय स्वर (आवाज) दिईसक्नुभएको छ , साथै नेपालमा हुने थारु समुदायको प्रायजसो सबै सांस्कृतिक कार्यक्रममा सोमतीको आवाजमा सजिइएको गित बज्ने गर्दछ र दर्शकले भरपुर मनोरञ्जन समेत लिने गर्दछन ।
सञ्चारकर्मी आरएन थारुसंगको कुराकानीको क्रममा सोमतीले अहिलेको अवस्थामा कताकता थारु पौराणिक गितहरु लोप हुँदै गइरहेको प्रती दु:ख व्यक्त गर्दै अहिलेको गितहरुमा प्रायजसो अश्लीलता भित्रिदै गइरहेको बताउनुभयो । म पनि सहमत छु कलाकारहरु समयको माग अनुसार चल्नु पर्छ, तर आफ्नै मौलिक पहिचान र कलासंस्कृतिलाई मासेर हैन । अहिलेका नयाँ कलाकारले गाएको सुन्दा कुन हुर्दुङमा, कुन सखिया, कुन माघी गित हुन छुट्याउनै गार्हो हुन्छ, ती गाउनेहरुलाई पनि आफैं थाहा छैन कि म के गाईरहेको छु भनेर ? मैले यसो भनीरहदा यो मेरो घमण्ड हैन मलाई मात्रै थारु गितसंगीतको ज्ञान छ्न भनेर । आफ्नो समुदायको कलासंस्कृति बचाउन कलाकारको मुख्य भुमिका रहन्छ त्यसैले मलाई पुर्खौपुर्खा देखि चल्दैआईरहेको आफ्नो समुदायको पहिचान र संस्कृतिको चिन्ता छ न कतै यो भोलिको दिनमा हराएर जाने त हैन ? यी र यस्ता थुप्रै किसिमको डर लागीरहन्छन मनमा ।अहिलेको गितहरु आफ्नो परिवारको सदस्य संग बसेर हेर्न सक्ने खालका हुँदैनन् ,अर्काको देखासिकीमा लागेर आफ्नो संस्कृति मास्नु भविष्यमा खतरापूर्ण साबित हुन सक्छ कि भनेर मनमा डर लाग्छ ।
थारु कलासंस्कृतिको जगेर्ना,संरक्षण,सम्बर्द्धन गर्ने उदेश्य सहित अगाडी बढिरहेकी गायिका सोमतीले आवाज दिइएको गितको म्युजिक भिडियो लगातार रिलिज हुने क्रमसंगै पुनः अर्को नयाँ म्युजिक भिडियो
" बथिनिया से ज्यादा जेठेनिया मन परल " पछि पुनः " नाचो ना नाचो कान्छी बिन्दास पाराले " बोलको थारु डान्सबिट भिडियो युट्युबमा रिलिज भएको छ ।
सोमती र खेम भगोरियाको स्वर रहेको यस् गितको म्युजिक भिडियोमा राम दयाल,पुजा चौधरी,जनक चौधरी,निर्मला चौधरी लगायतको मनमोहक अभिनय देख्न सकिन्छ ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस्:-
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस्:-