राम अवतार चौधरी,,
कपिलवस्तु:= थारु पत्रकार संघ नेपाल शाखा कपिलवस्तुको तेस्रो साधारण सभा तथा अधिवशेनको तयारी पूरा भएको छ । थापस शाखा कपिलबस्तुका अध्यक्ष श्याम सि.टीको संयोजकत्तवमा यहि श्रावण २५ गते हुने अधिवेशनको तयारी पुरा भएको कार्यसमितिले जानकारी गराएको हो ।
अधिवेशन सफल पार्न शनिवारका दिन राखीएको बताउँदै समय दिउसो ११ बजे बाणगंगा नगरपालिका वर्ड न.४ गजेहडा स्थित वि.पि. स्मृति भवन हुने साथै अधिवेशन सफल बनाउन थारु समुदायका मात्रै नभएर गैर थारु समुदायको पनि उत्तिकै भूमिका रहेको अध्यक्ष सिटीले बताए ।
थारु समुदायको हक अधिकार सुनिश्चित गर्नका लागि अब पत्रकारहरु क्रियाशिल भएर लाग्नुपर्ने थारु पत्रकारसंघले जोड दिइएको छ । साथै थारु समुदायको भाषा, धर्म र सांस्कृति संरक्षण र प्रवद्र्धन गर्न थारु समुदाय एकजुट भएर लाग्नुपर्ने सचिव सरिता थारुले बताईन् ।
त्यस्तै समाजसँगै निरन्तर सहाकार्य गर्दै अझै प्रभावकारी बनाउने साथै नयाँ जोश जाँगरका साथ अधिवेशनलाई भव्य र सभ्य बनाउनको लागि आग्रह समेत थारु पत्रकार संघले गरेको छ ।