थारु आयोगले नफुटाउनु भन्दा पनि सरकारले रानाथारुलाई फुटाए थारु समुदायबाट।

Saturday, 29 February 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राना थारुलाई थारु समुदायबाट फुटाउदा ब्यापक बिरोध भैरहदा नया रहस्य खुलासा भएको छ । राना थारुलाई थारु समुदायबाट फुटाउदा थारु आयोग निरह भएको आरोप लाग्दा थारु आयोगले आफ्नो स्वीकृति बिना सरकारले मन्त्रिपरिसद्बाट राना थारुलाई छुटै जाति भनेर स्विचिकृत गरेको खुलासा गरेको छ ।


राना थारुलाई छुटै जाति सुचिकृत गर्दा थारु कल्याणकारिणी सभाले पनि बिरोध जनाएको थियो ।थारु आयोगको अनुसार राना थारुका केहि नेताहरुले छुटै जाति भनेर सिफारिस गराउन माग गर्दा थारु आयोग र आदिवासी जनजाति उत्थान प्रतिष्ठानले समेत सिफारिस गर्न अस्विकार गर्दा नेकपाको केहि राना थारुको नेताहरुले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री के.पी.सित लबिङ्ग गरेर मन्त्रि परिसद बाटै निर्णय गराएको थरुहट डटकमलाइ खबर प्राप्त भएको छ।

थारु कल्याणकारिणी सभा कैलालीको अध्यक्ष भानुराम थारुको पालामा पनि राना थारुलाई छुटै सुचिकृत गर्न सिफारिस गरेको थियो ।नेता भानुराम थारु हाल थरुहट थारुवान रास्ट्रीय मोर्चाको सल्लाहकारको रुपमा रहेको छ ।थरुहट आन्दोलनमा थारु कल्याणकारिणी सभा कैलालीले राना थारुको सहभागिता गराउने सर्तमा राना थारुलाई छुटै सुचिकृत गर्न सिफारिस गरेको हो ।


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu