कैलाली:= रानाथारु समुदायलाई आदिवासी जनजातिमा सुचिकरण गर्नु पर्ने भन्दै संघीय संसदमा आवाज उठेको छ ।(सोमबार) बसेको संघीय संसदको बैठकमा कैलाली क्षेत्र नं. ५ बाट निर्वाचित सांसद नारदमुनि रानाले सुचिकरणको माग गरेका हुन् ।
सुचिकरणको लागि गठित छानविन टोलीले प्रतिवेदन तयार पारेपनि हालसम्म सार्वजनिक नगरेकोप्रति अपत्ति जनाउदै सार्वजनिक गर्न माग गरेका थिए ।सुचिकरण नहुँदा रानाथारु समुदाय हालसम्म राज्यप्रति आपनत्व महशुस गर्न नसकेकोले राज्यले तत्काल सुचिकरण गर्नु पर्ने माग गरे ।
त्यसतै उनले गत राति कैलालीमा आएको भिषण हावाहुरीबाट क्षति व्यहोरिएका नागरिकहरुलाई राहत वितरण गर्नुपर्ने पनि माग गरे ।गत वर्ष बाढीबाट पीडित कैलालीका नागरिकहरु अझै राहत नपाएकोप्रति गुनासो गर्दै उनले राज्य गम्भिर हुनुपर्ने बताए । संसदमा सम्बोधनको क्रममा उनले कैलाली कञ्चनपुरस्थित मुक्तकमैया न्यायोचित पुनस्र्थापना तत्काल पुरा गर्नुपर्ने माग समेत गरे ।

